प्रदेश न १ ले भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने

काठमाडौं । संघीय राजधानी काठमाडौंमा प्रदेश नम्बर १ ले भ्रमण बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रबर्दन समन्वय गोष्ठीको आयोजना गरेको छ ।गोष्ठीको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टाराईले पर्यटनका लागि ठुला परियोजना निर्माण गर्नुका साथै पुर्बाधार बिकासमा ध्यान दिनु पर्ने बताउनु भयो । यसका लागि प्रदेशसँग संघीय सरकार हातेमालो गर्न तयार रहेको मन्त्री भट्टराईले  बताय।

  नेपाल भ्रमण वर्षमा प्रदेश नम्बर १ सरकारले मात्रै पाँच लाख पर्यटक  भित्र्याउने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घोष गरेका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ साहसिक तथा धार्मिक पर्यटकहरुका लागि उत्कृस्ट गन्तब्य रहेको बताय । प्रदेश १ सम्भावना नै सम्भावना भएको प्रदेश हो,’ उनले भने, ‘प्रदेश १ मा १३ वटा विमानस्थल रहेका छन् । तीमध्ये विराटनगर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्दैछौं ।

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालको आफ्नै प्रदेशमा रहेको र मकालु कन्चंजंघा लगायत अन्य हिम्श्रीन्खला प्रदेश १ हिमालको राजधानी हो ।साथै चिया, लालीगुराँस, रुद्राक्षको राजधानी हो।’ उनले भने प्रदेश १ अलैंची र कोशीको (सप्तकोशी) पनि राजधानी हो साथै राष्ट्रिय निकुञ्जको समेत राजधानी भएकाले पाँच लाख पर्यटक सहजै भित्र्याउने उनको दावी छ ।संघीय सरकारले घोषणा गरेको १०० वटा नयाँ गन्तव्यमध्ये १६ वटा प्रदेश १ मा रहेकोले ती ठाउँ पर्यटकका लागि नयाँ र आकर्षणको केन्द्र हुने मुख्य मन्त्रीले बताए ।प्रदेश १ भौगलिक हिसाबले भुटान र चीनसँग नजिक भएकाले त्यहाँका प्रान्तीय सरकार प्रमुखलाई भ्रमण वर्षको उद्घाटन समारोहमा निमन्त्रणा दिएको उनले बताय। 

प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले भ्रमण वर्ष सफल र भव्य बनाउनका लागि प्रदेश सरकारले प्रबर्दन कार्यक्रम गर्दै आयको बताय । कार्यक्रममा प्रदेश १ का हिमाल आरोही र विभिन्न प्रतिभा भएका व्यक्तित्वलाई भ्रमण वर्षको सद्भावना दूतको रुपमा सम्मानसहित नियुक्त गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest