ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच दुई पक्षीय सम्झौता भयको छ । दूइ पक्षीय सम्झौता पत्रमा भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन्। सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबर्दन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने लगायतका ११ बुँदामा उल्लेख गरियको छ ।
अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक समृदिमा टानले सघाउने बतायका छन् । टानले आफ्ना सदस्य कम्पनीहरुलाई २० प्रतिशत छुट दिन अनुरोध गर्ने र ८ लाख पर्यटक भित्र्याउन सहयोग गर्ने लगायत ११ बुदामा समेटियका छन् ।सन् २०२० मा नेपालमा साहसिक पर्यटन मेलाको आयोजना गर्ने र भ्रमण बर्षका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउनी सुबेदीले बताय ।
नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाल भ्रमण वर्ष २०२० अभियान निरन्तर चलिरहने प्रक्रिया भयको भन्दै नेपाल भ्रमण वर्ष २०२० अभियानले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक समृदि गराउन मद्दत पुग्नेमा जोड दिए । नेपाल भ्रमण गरिसकेका पर्यटकलाई फेरि पनि नेपाल भ्रमण गर्न ‘नेपाल लाइफ टाइम एक्सपेरियन्स’ मूल नाराका साथ नेपाल भ्रमण वर्ष मनाउन लागियको उनले बताए ।
नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण वर्ष २०२० अभियान सफल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष २०२० अभियानलाई प्रवर्धन गर्दै आएको बताए । टानका निबर्तमान अध्यक्ष एबम भ्रमण वर्ष २०२० कार्यानयन उपसमितिका सदस्य नबराज दाहालले पर्बतिय पर्यटन पर्यटनको आधार भयको भन्दै पर्बतिय पर्यटनको प्रबर्दनमा ध्यान दिनु पर्ने बताउनु भयो ।