गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटीन) को अध्यक्षमा अम्बिर गुरुङ

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटीन) को दोस्रो महाधिवेशनले अम्बिर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ईश्वर गुरुङ, द्वितीय उपाध्यक्षमा पीताम्बर गुरुङ, महासचिवमा किशन गुरुङ, सचिवमा बाबुराम गुरुङ, कोषाध्यक्षमा बिन्दु गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ चयन भयका छन् ।

गुरुङ पर्यटन ब्यबसायी संघको नया कार्यसमिति

त्यसैगरी सदस्यहरूमा महावीर गुरुङ, अविनाश गुरुङ, अम्बिर गुरुङ (इलाम), दिल गुरुङ, धन बहादुर गुरुङ, रेणुका गुरुङ र दिलु गुरुङ रहेका छन् ।

 सुनार गुरुङलाई हर्क गुरुङ अवार्ड

सुनार गुरुंगलाई डा.हर्क गुरुङ अवार्ड प्रदान गरिदै

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटीन) ले यस वर्षको जिटीन डा. हर्क गुरुङ अवार्ड नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सुनारबहादुर गुरुङलाई प्रदान गरेको छ।साधारण सभामा  जिटीन पत्रकारिता पुरस्कार पत्रकार लाला गुरुङ र सारदा थापालाई प्रदान गरिएको छ ।

त्यसै गरी जिटीनले नेपाल नीति अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. गणेश गुरुङ लगायत पर्यटन व्यवसायमा संलग्न रही पर्यटन बिकासमा योगदान गर्ने गुरुङ ब्यबसायीहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा नेपाल नीति अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले गुरुङ समुदायको पर्यटनसँग लामो समयदेखिको सम्बन्ध रहेको बताउदै सन् १९५० मा पहिलो पटक मोरिस हरजोगले अन्नपूर्ण हिमालको आरोहण गरेर ८ हजार मिटर भन्दा अग्लो हिमालको आरोहणमा सफलता पाएको उल्लेख गर्दै हरजोगको आरोहण दलमा धेरै गुरुङहरूको संलग्नता  बताउनु भयो।

हरजोगले लेखेको अन्नपूर्ण भन्ने पुस्तकमा कति गुरुङ सहभागी थिए भन्ने बुझ्न सकिने भन्दै उक्त पुस्तक पढ्न सुझाब दिनु भयो।

कार्यक्रममा सिक्किमका पूर्व पर्यटन मन्त्री गर्ज बहादुर गुरुङले नेपालमा पर्यटनको धेरै राम्रो संभावना रहेको बताए । सिक्किमले नेपालबाट पर्यटन सिकेको भन्दै  उनले सिक्किमलाई पूर्ण रूपमा विषादी मुक्त बनाइएको र पर्यटकलाई आकर्षित गर्न आफ्नै खालका मौलिक विशेषताहरूको  विकास गर्नु पर्ने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य सांसद पार्वत गुरुङले मुलुकको विकासको आधार पर्यटन भयको र पर्यटन बाट नै आर्थिक सम्बृदी सम्भब भयको बताउनु।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest