निगमको एयरबस चलाउन विदेशी पाइलटको खोजी

स. सम्वाददाता
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भिœयाएको एयरबस (वाइडबडी) जहाज उडाउन विदेशी पाइलटको खोजी भइरहेको छ । निगमले एयरवस उडाउन पाइलटको अभाव भएकोले विदेशी पाइलट झिकाउने तयारी गरेको छ । एयरवसको पहिलो गन्तव्य कतारको दोहा हुने निगम श्रोतले बताएकोे छ ।
साउन १६ गते अर्थात १ अगस्टमा जहाजले दोहाको उडान भर्ने गरी विदेशी पाइलटलाई भिœयाइने नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताएका छन् । नया“ जहाजबाट नया“ गन्तव्यमा उडान गर्न नपाइने अन्तर्राष्ट्रिय प्रचलन भएकाले सुरुका केही महिना दोहा उडाउन लागिएको हो, उनले भने ।
जापानले निगमको वाइडबडी जहाजलाई उडान अनुमति दिइसके तापनि सुरुका दिनमा नया“ एयरवसको गन्तव्य कतारको दोहा हुने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताएका छन् ।
नेपाल वायु सेवा निगमले भिœयाएको ए ३३० विमान हालै त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गरेको हो । उक्त विमानलाई अन्नपूर्ण नाम दिइएको छ भने नाइन एन एएलवाई कलसाइन पाएको छ ।
यो जहाज उडाउने पाइलट र को–पाइलटको व्यवस्था नभइसकेकाले एक महिनाभन्दा बढी त्यत्तिकै थन्किने अवस्था रहेको छ । एउटा वाइडबडी जहाज चलाउन ८ जना पाइलट र ८ जना को–पाइलट चाहिन्छ । वायु सेवा निगमले थप अर्को वाइडबडी जहाज पनि एक महिनाभित्रै नेपाल ल्याउने जनाएको छ । दुवै वाइडबडी जहाज चलाउन १६ जना पाइलट चाहिन्छ तर हाल चार जना पाइलटको मात्र टुंगो लागेको छ ।
पहिलो वाइडबडी जहाज अन्नपूर्णका लागि वरिष्ठ क्याप्टेन श्रवण रिजाल र एमएम डंगोलको मात्र टुंगो लागेकोले थप पाइलट भने विदेशबाट ल्याइने कंशाकारले बताएका छन् । अन्य देशमा पनि विदेशबाट पाइलट ल्याउने प्रचलन रहेकोले निगमले पनि विदेशी पाइलटको खोजी गरेको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest