२५औ वार्षिक साधारण सभाबाट किपमा नया कार्यसमिति चयन

स.सम्बाददाता

काठमाडौँ इन्भाइरोमेन्टल एजुकेशन प्रजेकट (कीप) को २५ औं वार्षिक साधारण सभा सम्पन भएको छ।

काठमाणडौंको ठमेल स्थित अलफ्ट होटलमा असोज २२ गते बसेको २५ औ बार्षिक  साधारण सभाको बैठकले ११ जना कार्यसमिति सदस्य सर्वसम्मत निर्बाचित  गरे पश्चात कार्यसमितिको पहिलो बैठकले देवी प्रसाद पन्त लाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । त्यसै गरि कार्यसमितिको उपाध्यक्षमा  राम कुमार पुरी ,महासचिवमा पिताम्बर गुरुङ,सचिवमा नव राज अंगाई,कोषाध्यक्षमा ऋषि प्रसाद नेपाल र सह कोषाध्यक्षमा मीना शेर्पा सर्ब सम्मत चयन हुनु भयको छ भने सदस्यहरुमा सुनिल गुरुङ, गोबिन्द श्रेष्ठ, डोमा छिरिङ्ग शेर्पा,डा. दिल बहादुर तामाङ र चन्द्र बहादुर जिटी चयन हुनु भयको छ ।

साधारण सभामा  बोल्दै सभाका प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले किपले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै लामो समयदेखि पर्यटन क्षेत्रका कामदारको हितमा लागिरहेका संस्थाको २५ वर्षको इतिहास गर्विलो रहेको बताएका थिए ।  त्यस्तै मानर्थ प्रमुख कार्यकारी अधिकृत इयन वालले कीपको पारर्दशिता र जवाफदेहितानै संस्थाको प्रमुख विशेषता रहेको वताउदै पर्यटन मजदुरलाइ तालिम र विभिन्न कार्यक्रम सञ्चालनमा अग्रणी भुमिका रहेकोसमेत औंल्याएका थिए।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम वहादुर सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुराँगाइ, नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पा फुटी शेर्पा, कीपका पूर्व अध्यक्ष मंगलमान शाक्यलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा निबर्तमान अध्यक्ष बिमल नहर्किले संस्थालाई सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नु भयो ।  

साधारण सभाको दोस्रो वन्द सत्रमा संस्थाका महासचिव रामकुमार पुरीले आ.ब २०७७/७८ को बार्षिक प्रगति प्रतिबेदन  र कोषाध्यक्ष ऋषि प्रसाद नेपालले आ.ब २०७७/७८ को आर्थिक  प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो ।

त्यसैगरी निर्वाचन अधिकृत सरस्वती श्रेष्ठले निर्वाचित ११ जना कार्यसमितिका सदस्यहरुको नाम घोषणा गरेकी थिइन्। उनले कोरोना महामारीको विषम परिस्थितिमा पनि कीपले निर्वाचन प्रणाली र विधिको पालना गर्दै सर्वसहमतिमा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न गरेकोमा प्रसंसा समेत गरेकी थिइन।

कार्यक्रममा कीपलाई सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

अघिल्लो कार्यसमितिले सम्हाल्दै आएको कार्यभार कीपको नयाँ कार्यसमितिलाई  हस्तान्तरण गरिएको छ। नयाँ कार्यसमितीलाइ निवर्तमान अध्यक्ष विमल नहर्की र सिईओ इयन  वालले सफल कार्यकालको  शुभकामना दिएका थिए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest