पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौं । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल) को आठौं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

शनिबार सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र दितिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ ।

सर्वसम्मतरुपमा संघको नयाँ नेतृत्व चयन भएलगत्तै नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देशव्यापीरुपमा अगाडि बढाउने र सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई सफल बनाउन प्रवर्द्धनात्मक कार्य गर्ने बताउनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवर्द्नात्मक क्रियाकलाप अगाडि बढाउने उद्घोष गर्नुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest