पर्वतारोहण सञ्चालक संघ नेपालको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई सर्ब सम्मत  पुन: अध्यक्षमा निर्वाचित गरेको   छ । 

 संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्धितीय उपाध्यक्षमा  शिवराज थापा, महासचिवमा ऋषिराम भण्डारी, सचिवमा दावा स्टोभेन शेर्पा, कोषाध्यक्षमा दाव सान्जेन लामा शेर्पालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा कृष्णकुमार अर्याल, मुरारी शर्मा, जीवन घिमिरे,नविन त्रिताल, चाङदावा शेर्पा, मिङमा डेण्डी शेर्पा र बावु शेर्पालाई सर्वसम्मतिले निर्वाचित गरेको छ । 

सोहि दिन संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा मनास्लु लगायत अन्य हिमालमा डोरी टाँग्ने साहसी आरोहीलाई सम्मान गरेको छ । 

 अध्यक्ष डम्बर पराजुलीले  पर्वतारोहण सञ्चालक संघ नेपालले सम्पादन गरिरहेका काम र झेल्दै आएका कठिनाइका बारेमा जानकारी गराउदै पर्यटन सचिवको ध्यानाकर्षण गराउनु भयको थियो । 

 समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले मन्तब्य राख्दै  आफु भर्खरै मन्त्रालयको जिम्मेवारीमा आएको र पर्वतारोहण सञ्चालक संघले उठाएका र प्रशासनिक नेतृत्वले गर्नुपर्ने सहजीकरणका लागि  तयार रहेको जानकारी गराउनु भएको  थियो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest