सगरमाथा आरोहणमा डोरी टाँग्ने शेर्पालाई सम्मान

स.सम्बाददाता

नेपालको पर्वतिय पर्यटनको आरोहण अभियानहरुलाई सुरक्षित एवं भरपर्दो बनाउन आफ्नो ज्यानलाई समेत जोखिममा राखेर सगरमाथा,ल्होत्से,मनास्लु र
आमाडब्लम हिमालमा डोरी टाँग्ने आरोही शेर्पालाई सम्मान गरियको छ ।

 पर्वतारोहण संचालक संघआयोजना गरेको कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किरातीले उनीहरुलाई सम्मान गर्नु भयको हो । नेपालको पर्यटनमा पर्वतारोहणको भूमिका महवपूर्ण हुने भन्दै आरोहणलाई सुरक्षित बनाउने कार्यमा पर्वतारोहण संचालक संघले खेल्दै आयको भूमिकाको प्रसंसा गर्दै २८औ पटक सगरमाथाको सफल आरोहण गर्ने कमिरिता शेर्पा र उनलाई पछ्याउदै २७औ पटक सगरमाथाको सफल आरोहण गर्ने पासाङ दावा शेर्पा लाई मन्त्रि किरातीले सम्मान गर्नु भयो ।

कार्यक्रममा मन्त्रि किरातीले पर्यटनमा लगाएको भ्याटबारे सरकारको ध्यानाकर्षण भयको भन्दै पर्यटन ऐन संसोधनको तयारीमा रहेको बताउनुभयो । हवाई टिकेटमा भ्याट लगाउदा पर्यटनमा नकारात्मक असर पर्ने भयकाले आफुले भ्याट हटाउन कुरा राखेको बताउनुभयो ।

 ब्यबशायलाई भरपर्दो, सुरक्षित एवं मर्यादित बनाउन सरकारबाट प्राप्त जिम्मेवारीलाई पुरा गर्दै आयको र  साथै नेपाल सरकारलाई यस बिधाको बिज्ञको रुपमा आवश्यक सहयोग गर्दै आइरहेको अध्यक्ष डम्बर पराजुलीले ब्यक्त गर्नुभयो । यसै सन्दर्भमा पर्यटन बिभागले बिश्वको सर्बोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहणलाई भरपर्दो र सुरक्षित गर्नका लागि दोस्रो आधार शिबिर  देखि माथि उल्लेखित दुबै हिमालको शिखरसम्म र मनास्लु एवं आमाडब्लम हिमालमा आरोहण समयमा  डोरी टाग्ने कार्यको लागि प्रदान गरीएको  जिम्मेवारीलाई  कुशलता एवं सफतापुर्बक सम्पन्न गरीरहेको जानकारी गराउनु भयो ।

पर्वतारोहण संचालक संघका कोषाध्यक्ष ऋषि भण्डारीले सगरमाथा आरोहणको खुम्बु आइसफलको बाटो अशुरक्षित बन्दै गयको र बैकल्पिक बाटो बारे अनुसन्धान गरिनु पर्ने बताउनुभयो । कार्यक्रममा सगरमाथा आरोहणका लागि डोरी टाँग्ने क्रममा निधन भयका पेम्बा तेन्जिङ शेर्पा,ल्हाक्पा रिता शेर्पा र दाछिरी शेर्पाका परिबारलाई प्रति परिवार तिन लाख नगद सहयोग सहित सम्मानपत्र प्रदान गरियको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest