माउन्ट केटु आरोहणमा बिश्व किर्तिमान बनाउने नेपाली आरोहीको भब्य स्वागत , प्रधानमन्त्रिले गरे सम्मान

सरकारले नेपाली आरोहीको उचित सम्मान गर्न नसकेको प्रति निर्मल पुर्जाको आक्रोश

 स.सम्बाददाता

बिस्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी बिश्व कीर्तिमान बनाएका नेपाली आरोहीहरुको भब्य स्वागत सहित सम्मान गरियको छ ।उनीहरुलाई आज त्रिभुवन विमानस्थलमा पर्यटन सचिब लगायत पर्यटनसंग आबद्द संघ संस्थाले स्वागत गरेका हुन् । आठ हजार ६ सय ११ मिटर अग्लो माउण्ट केटुको हिउँदे याममा पहिलो पटक नेपाली टोलीले सफल आरोहण गरेको हो ।

आजै प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्रिले कदरपत्र प्रदान गर्दै आरोहीहरुलाई पदक प्रदान गरिने घोषणा गरेका छन् ।आरोहण टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, ग्याल्जे शेर्पा, सोना शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पा रहेका छन् ।आरोहण टोलीका टोलि नेता निर्मल पुर्जाले नेपाल सरकारले आरोहीको उचित सम्मान गर्न नसकेको प्रति आक्रोसित हुदै दुख ब्यक्त गरे ।पाकिस्तानका रास्ट्रपति,प्रधानमन्त्री लगायत पाकिस्तान सरकारले भब्य सम्मान गरेको पुर्जाले ब्यक्त गरे ।

आठ हजार ६ सय ११ मिटर अग्लो माउण्ट केटु चीन र पाकिस्तानको सीमा काराकोरम क्षेत्रमा पर्दछ ।माउन्ट केटु सगरमाथा पछिको दोश्रो अग्लो हिमाल हो । कीर्तिमानी आरोही निर्मल पुर्जाको नेत्रित्वमा गयको नेपाली टोलीले जनवरी १६ का दिन केटु हिमालको सफल आरोहण गरेका थिय ।

केटुको चुचुरोमा उनीहरुले नेपालको राष्ट्रिय गान गाएका थिए । विश्वमा रहेका आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमालमध्ये माउन्ट केटुमा वीन्टर सिजनमा हालसम्म आरोहण हुन सकेको थियन ।यस पटक नेपाली आरोहीहरुले पहिलो पटक विन्टर सिजनमै माउन्ट केटुको सफल आरोहण गरी बिश्व किर्तिमान कायम गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest