अडानको पाचौ उपत्यका प्रदेश परिसद सम्पन्न

स. सम्बाददाता

नेपाल अडिटर्स एसोसिएसन (अडान)अन्तर्गत उपत्यका प्रदेशको पाचौ परिषद फागुन १९ गते काठमाडौँमा सम्पन्न भयको छ ।बागमती प्रदेश भौतिक पुर्बधार विकास मन्त्रि रामेस्वर फुयालको प्रमुख अतिथ्यमा सम्पन्न भयको हो ।मन्त्रि फुयालले अडिटर्सहरुले इमान्दारिताका साथ आफ्नो कार्य क्षेत्रमा लाग्न आग्रह गर्दै अडिटर्सहरुको समस्यालाई समाधान गर्न लागि पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन (अडान)का उपत्यका प्रदेश समितिका अध्यक्ष आत्माराम चापागाईंले अडिटर्सहरुको समस्याका बारेमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका थिय ।

कार्यक्रममा बिसेष अतिथिको रुपमा केन्द्रीय अध्यक्ष मोहन राज रेग्मी,संस्थापक अध्यक्ष कमल खरेल,नेपाल चार्टर्ड एकाउन्टेन्टस  संस्थाका अध्यक्ष मदन कृष्ण शर्मा , नेपाल चार्टर्ड एकाउन्टेन्टस संघका अध्यक्ष आनन्द शर्मा वाग्ले,पदाधिकारी एबम सदस्यहरुको उपस्थिति रहेको थियो ।

परिषदले हालसम्मको सांगठनिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन र आगामी बर्षको अनुमानित बजेट पारित गरेको छ ।राष्ट्रको आर्थिक सम्बृदीका लागि लेखा तथा लेखापरीक्षण कार्यको महत्वपूर्ण भूमिका रहेको मनन गर्दै विभिन्न नौ बुंदे घोषणा पत्र जारी गरेको छ ।     

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest