बीबीसी मास्टर सेफ सन्तोष साहलाई स्वागत तथा सम्मान

स.सम्बाददाता  

नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता सन्तोष साहलाई स्वागत तथा सम्मान गरेको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईरालाले सम्मानपत्र प्रदान गर्नु भयको छ ।कार्यक्रममा  पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले साहलाई प्रमाणपत्र  खादा ओढाएर सम्मान गर्नु भयो ।

 सेफ साहले नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताउदै नेपाली खानको माध्यमबाट नेपाललाई बिश्व सामु चिनाउन पयाकोमा खुसि ब्यक्त गर्नु भयो । नेपालमा समृद्धि ल्याउन धेरै समय कुर्नु नपर्ने भन्दै सबैले आफ्नो ठाउँ बाट इमान्दारिताकासाथ लग्नु पर्ने बताउनु भयो । साहले आफुले मास्टर सेफमा गएर नेपाली खानामात्र नभई नेपाली संस्कृति र भावना समेत पस्केको र यसले नेपाल हिमाल पहाड र तराइको एकता र सद्भभावालाई प्रतिनिधित्व गरेको बताउनु भयो ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईरालाले सेफ साहले प्रतियोगिताका माध्यममबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिएको बताउनु भयो । सचिव कोईरालाले नेपाली खाना राम्रो भएपनि यसको उचित प्रर्वदन गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएकोले नेपाली खानाको स्वस्च्छता कायम गर्दै यसको ब्रान्डीङ्ग  ध्यान दिनु पनमा जोड दिनुभयो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा प्रकृति,संस्कृतीका साथै पकवान पर्यटनको पनि उल्लेख्य सम्भावना रहेको बताउनु भयो । उहाँले सेफ साहले नेपाली खानाको महत्वलाई संसारभर पु¥याएर यसको महत्व र व्यवसायिक सम्भावनालाई थप उजागर गरिदिएको धारणा राख्नु भयो । उहाँले नेपाललमा एक सय भन्दा बढि जातजातीका खानाका परिकार रहकोले त्यसलाई प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने समते बताउनु भयो । 

होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तरराष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले आफुहरु पनि नेपाली खानाको प्रर्वद्धनका लागि प्रयासरत रहको धारणा राख्नुभयो । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करिब २ सय खानाहरुको छनोटबाट केही  खानाहरुलाई सिग्नेचर डिसका रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताउनु भयो ।

‘बीबीसी मास्टरका उपविजेता बनेका साहलाई हान, तथा रेष्टेरेण्ट एण्ड बार एशोसिएसन रेवान लगायतका संस्थाहरुले पनि सोही अवसरमा सम्मान गरेका थिए । साहले मास्टर सेफ प्रतियोगिताभर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफलहुँदै  सिजनको उपविजेतन बन्नु भएको थियो । प्रतियोगितामा सेफ साहले कोदोको खीर, नेपाली गुन्द्रुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निर्णायकको ध्यान आर्कषण गर्नुभएको थियो ।

 सिरहा जिल्लाको कारजन्हामा जन्मिएका साह दश वर्षदेखि बेलायतमा बस्दै आउनु भएको छ । साहले मौलिक नेवारी परिकार ’योमरी’ सहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना,बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्कनु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest