साधारण सभा नगर्न पर्वतारोहण संघलाई अदालतको अन्तरिम आदेश

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघले भोलि आइतबार गर्ने भनेको ३०औ साधारण सभा नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।उच्च अदालत पाटनले भोलिनै पेशी समेत तोकेको छ ।

नेपाल पर्वतारोहण संघ वर्तमान कार्यसमितिको तिन बर्षे कार्यकाल समाप्त भईसकेको र नियमित तिन वटा साधारण सभा र एक बिशेस साधारण सभा समेत गरिसकेको छ।वर्तमान कार्यसमितिले निर्बाचन गरी ३०औ साधारण सभा नया कार्यसमितिलाई गर्न दिनु पर्नेमा निर्बाचन नगरी आफैले साधारण सभा गर्नु बिधान सम्मत नहुने र संघको बिगतलाई हेर्दा समेत तिन वटा साधारण सभा मात्र गर्न पाउने प्रचलन रहेको छ ।

संघले आजै कार्यसमितिको आपतकालीन बैठक बोलाएको कार्यसमितिका एक सदस्य बताउछन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest