हिमालयन उद्दार संघ नेपालको ४६ औ साधारण सभा सम्पन्न

हिमालयन उद्धार संघ नेपालको ४६ औ‘ वार्षिक साधारण सभा हालै सम्पन्न भयको छ ।संघका नब निर्बाचित अध्यक्ष हरि प्रसाद धरेलले  संघका  सम्पूर्ण सदस्यहरुलाई  वार्षिक साधारण सभामा स्वागत गर्दै संघले संचालन गर्दै आयको  मनाङ तथा फेरिचे स्वास्थ्यचौकी, सगरमाथाआधारशिविर स्वास्थ्यशिविर एवम् गोसाइ“कुण्ड स्वास्थ्यशिविर सञ्चालनगर्ने कार्यक्रमहरुलाई निरन्तरता प्रदान गरिने कुरा ब्यक्त गर्नु भयो ।

साथै लेक लाग्ने रोगको रोकथामको लागि प्रभावकारी रुपमा सूचना सम्प्रेसन गर्न  आबस्यक ठाउमा  होर्डिङ्ग बोर्ड राख्ने, सूचना मुलक पर्चाहरु छपाई गरि वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकाहरुमा सूचना छपाउने, स्कूल कलेजका विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने जस्ता कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनुका साथै संघ संस्थाहरुसंग  सहकार्य गरि गाईड एवम् पर्यटक सहयोगीहरुलाई तालिम दिने जस्ता कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने कुरा प्रकाश पार्नुभयो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरुमा संघको कार्यक्रमविस्तार गर्न प्रयास गरिने कुरा पनिजानकारी गराउनुभयो ।

नेपालको पर्वतिय पर्यटन क्षेत्रमा हेलिकप्टर उद्धारको नाममा देखिएको विकृति समाप्त पार्न नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, गृह मन्त्रालय तथा अन्य निकायहरु संग समन्वय गरि कम गर्ने बताउनु भयो ।

साधारण सभामा महासचिव श्रीराम खत्रीले  आ.व. २०७६-०७७को प्रगति प्रतिवेदन एवम् आ.व. २०७७-०७८ मा गरिने वार्षिक कार्यक्रम तथा योजनाहरू र कोषाध्यक्ष सुशिल कृष्ण अधिकारीले  आ.व. २०७६-०७७को लेखा परिक्षण प्रतिवेदनएवम् आ.व. २०७७-०७८ को वार्षिक बजेट बैठकमा प्रस्तुत गर्नु भयो । त्यसै गरी संघका मेडिकल निर्देशक डा. बुद्ध बस्न्यातले  मेडिकल प्रतिवेदन बैठकमा प्रस्तुत गर्नु भयो । प्रस्तुत प्रतिवेदनहरू, योजना तथा कार्यक्रम र बजेट उपर बैठकमा विस्तृत छलफल पश्चात सर्व सहमतिद्वारा पारित भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest