ताज रिसोर्टले सुनकोशीमा पानि जहाज चलाउदै छ – टलक श्रेष्ठ , अध्यक्ष संचालक

सिन्धुलीको सुनकोशी गाउँपालिका मुल्कोटमा अबस्थित ताज रिभर साइड रिसोर्टले स्वदेसी तथा बिदेशी पर्यटक लाई आकर्षित गर्न सुनकोसी नदीमा पानि जहाज चलाउने भयको छ । नया पर्यटकीय गन्तव्यको रुपमा बिकसित हुदै गरेको मुल्कोटमा सुबिधा सम्पन्न होटेल तथा रिसोर्ट संचालनमा छन् ।

मुल्कोटमा रहेको सुनकोशी रिभर साइड रिसोर्टमा सुबिधा सम्पन्न कोठा,रेस्टुरेन्ट र स्विमिङ पुलले स्वदेसी तथा बिदेशी पर्यटकलाई आकर्षित गरेको रोसोर्टका अध्यक्ष संचालक टलक श्रेष्ठ (तिलक ) बताउछन । काठमाडौँमा लामो समयदेखि रेस्टुरेन्ट ब्यबसाय गर्दै आयका टलकले साथीहरुको समूह बनायर मुल्कोटमा पर्यटक स्तरीय रिसोर्ट संचालनमा ल्यायपछी मुल्कोट अहिले पर्यटकीय गन्तब्य बनेको छ ।त्रिशुली र भोटेकोशी किनारमा पर्यटकको चहलपहल बढेपछी सुनकोशी किनारमा पनि पर्यटन विकास गर्न सकिन्छ भनेर स्तरीय रिसोर्ट संचालनमा ल्यायपछी अन्य होटलहरु पनि थपिदै गयर मुल्कोट पर्यटनको हब बन्दै गयको छ ।

ताज रिसोर्टले सुनकोशीमा राफ्टिंगको सुबिधा पछी पानि जहाज संचालन गर्ने योजना बनायको छ । नेपाल भ्रमण बर्षमा पहिलो चरणमा नेपालथोक बाट ताज रिसोर्ट सम्म पानि जहाज चलायपछि दोस्रो चरणमा दोलालघाटबाट ताज सम्म संचालनमा ल्याउने तयारी गरेको टलक बताउछन् ।ताज रिसोर्टमा आयका पर्यटकले खाडादेवी मन्दिर , सिन्धुलिगढ़ी लगायतका स्थानमा घुम्न सक्ने र सुनकोशी नदीको किनारमा साहसिक गतिबिधि गरेर आनन्द लिन सक्छन । काठमान्डौबाट बर्दिवास जाने मार्गमा रहेको ताज रिसोर्ट ९० किलोमीटरको दुरीमा अबस्थित रहेकाले यात्रुहरुका लागि खानपान र बसोबासका लागि राम्रो व्यवस्था रहेको छ । रिसोर्टमा सेमिनार हल सहित एक सय जनालाई खान बस्नका लागि सुबिधा उपलब्ध रहेको टलक बताउछन ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest