पर्यटनमा नेकपा भित्र शृंखलाबद्ध अन्तरघात

स .सम्बाददाता

पाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्बाचन हालै सम्पन्न भयको छ । निर्बाचनबाट अध्यक्षमा १५० मत प्राप्त गरि कांग्रेस निकट अच्युत गुरागाईं निर्बाचित भयका छन् । उनका निकटस्थ प्रतिद्वन्दी नेकपा समर्थित भिम प्रसाद पन्तले १२६ मत प्राप्त गरेका थिय । अध्यक्षका अर्की उम्मेदवार मिहिका शाहले १०९ मत प्राप्त गरेकी थिइन्। आफुलाई स्वतन्त्र उम्मेदवार बताय पनि उनलाई पनि कांग्रेस निकट एक समुहको समर्थन रहेको थियो ।

कांग्रेसको तर्फबाट दुइ जना अध्यक्षका उम्मेदवार हुदा पनि नेकपाका एक्ला उम्मेदवार भिम पन्तले हार बेहोर्नु पर्यो । तेसो त यस अघि ट्रेकिंग ब्यबसयीको छाता संगठन (टान) को निर्बाचनमा पनि नेकपाका अध्यक्षका उम्मेदवार अन्जन थापा (कुमार) ले पनि हार बेहोर्नु परेको थियो ।त्यति बेला अन्तर्घातका कारण नेकपाले हारेको सर्बत्र चर्चा थियो । अहिले पनि अन्तरघातको चर्चा व्यापक छ । अध्यक्षका उम्मेदवार भिम पन्तले नेकपा भित्रका साथीहरुको अन्तर्घातका कारण आफुले चुनाब हार्नु परेको स्वीकारेका छन् ।अन्तर्घातको चर्को बिरोध सामाजिक सन्जालमा व्यापक छ ।

 यतिबेला नेकपाको बहुमतको केन्द्रीय सरकार छ ,पर्यटनमन्त्रि योगेश भट्टराई नेकपाको पर्यटन इन्चार्ज छन् ।यस अघि सुर्य थापा पर्यटनको इन्चार्ज थिय। पर्यटनमा यो अवस्था ल्याउन सुर्य थापा भागीदार रहेको नेकपा निकट पर्यटन ब्यबसायीहरुको आरोप छ ।उनले त्यतिबेला केवल गुटको मात्र विस्तार गरे । केन्द्रबाट सबै बर्गिया संगठन बिघटन गरियको सूचना जारी भय पनि पर्यटनको संगठनमा एक्लौटी नया कार्यसमिति चयन गरे। असन्तुस्ट ब्यबसायीहरुको समुहले समानान्तर संगठन निर्माण गरे । त्यसपछि पर्यटनमा झन् अन्तरविरोध चर्कदै गयो,अन्तरविरोधले पर्यटन संघ संस्थाहरुको चुनाबमा अन्तर्घातका अवस्था सिर्जना भय ।      

 पर्यटनमा नेकपा भित्रको अन्तरविरोधले नेपाली कंग्रेसलाई फाइदा पुग्न गयको छ । पूर्व नेकपा माओवादी र नेकपा एकैठाउमा आउदा पनि नाट्टा र टानमा निर्बाचन जित्न नसक्नुको कारण गम्भीर भयको भन्दै नेतृत्व तहबाट समिक्षा हुनु जरुरि रहेको भिम पन्त बताउछन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest