नेपालमा पहिलोपटक नाइस एक्स्पो हुने

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्सपो (नाईस) आयोजना गर्ने भयको छ ।

कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मलेनमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले नाइस एक्स्पो राष्ट्रिय कार्यक्रम भयको र सबै पर्यटन संग आबद्द संघ संस्थालाई सहयोग गर्न आग्रह गर्नु भयको छ ।नेपाल भ्रमण बर्षका लागि नाइस एक्स्पो महत्वपूर्ण हुने र जसबाट भारत र चिनका पर्यटक आकर्षित हुने बताउनु भयो ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्यले चाइना र भारत नेपालको महत्वपूर्ण बजार भयकाले नेपालमा पर्यटक भित्र्याउन एक्स्पो प्रभाबकारी हुने बताउनु भयो ।बिश्वको तुलनामा नेपाल आउने पर्यटक संख्या बृद्दी हुदै गयको अबस्थामा नेपाल बारे सकारात्मक प्रचार गर्न आग्रह गर्नु भयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले चाइना र इन्डिया नेपालका लागि श्रोत बजार भयकाले नाइस एक्स्पो नेपाल भ्रमण वर्ष २०२० का लागि  प्रभाबकारी माध्यम हुने बताउनु भयो ।

होटेल संघ नेपालकि अध्यक्ष सृजना राण,पाटा नेपालका महासचिब बिभुचन्द ठाकुरले एक्स्पोले नेपलको पर्यटन गन्तव्यहरूको प्रबर्दन गर्न सहयोग पुग्नी बताउनु भयो।

         विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रबर्दन , सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने पाटाले विश्वास गरेको छ ।

एक्स्पोमा २०० भन्दा बढि क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढि सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने अपेक्षा गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest