नाट्टाका सिईओ घिमिरे निस्कासित

स.सम्बाददाता

ट्राभल तथा टुर ब्यबसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) कार्यसमितिले प्रमुख कार्यकारी अधिकृत जीव राज घिमेरेलाई निस्कासन गरेको छ ।

नाट्टाले सरकारको नीति बिरुद्द कोभिड १९ को बिश्व महामारीको समयमा कर्मचारि घिमेरेलाई निस्कासन गरेको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले कोभिड १९ को बिश्व महामारीको समयमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी निस्कासन गर्न नपाउने बताईरहेका बेला कर्मचारी निस्कासन गर्नु गलत भयको नाट्टा सदस्यहरुको धारणा छ । नाट्टाका पूर्व महासचिव भिम पन्तले बिज्ञप्तिनै जारी गरि करार अबधि बाकी रहदै कर्मचारी घिमेरेलाई निस्कासन गर्नु अन्याय भयको बतायका छन् ।

 प्रमुख कार्यकारी अधिकृत जीव राज घिमेरेले करार अबधि बाकी रहदै आफुलाई निस्कासन गरियको भन्दै कानुनी उपचारको बाटो रोज्ने बतायका छन् । करार सम्झौतामा अबधि नसकिदै निकाल्नु परेमा क्षतिपूर्ति दिनु पर्ने व्यवस्था भयपनी क्षतिपूर्ति दिनुको सट्टा उल्टो खाईपाई आयको तलब समेत कट्टा गरियको घिमीरेले बतायका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest