विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रबर्दनका कार्यक्रम स्थगित

सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार तथा प्रबर्दंका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले उक्त कुरा बतायका हुन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको उनले जानकारी गराय। मन्त्री योगेश भट्टराईले केही समयका लागि बिदेशमा भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए ।

जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ बिदेशमा भ्रमण वर्षको प्रबर्दनका कार्यक्रम गर्नेछौं उनले भने ।कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको बताउदै अब अन्तरिक पर्यटनलाई जोड दिदै देशभित्रकै पर्यटन प्रबर्दनमा जोड दिने उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest