पर्यटन ब्यबसायी डंगोलको यात्राका पाइला लोकार्पण

लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न रहदै आउनुभएका पर्यटन ब्यबसायी  राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘यात्राका पाइला’ हालै नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । लामो समयदेखि पर्यटन व्यवसायमा रहेका नियात्राकार डङ्गोलले आफ्नो अनुभब र भोगाईलाई पुस्तकमा उतारेका छन् । बिदेशमा घुम्दाको अनुभब र नेपालका डाडापाखामा घुम्दाको अनुभवलाई यात्राका पईलामा समेटेका छन् ।

‘यात्राका पाइला’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवसले हरेक लेखक लेखनमा स्वतन्त्र भएको भन्दै ‘ जीवन यात्रा त कति बेला  कहाँ टुङ्गिन्छ ठेगान हुन्न तर स्रष्टा सदासर्वदा गतिशील भइरहनुपर्ने उनले ब्यक्त गरे ।

कार्यक्रममा यात्राका पाईला कृतिमाथि  श्रीहरि फुयाँल, युवराज नयाँघरे, राम लोहनी,आरएम डङ्गोल, माया ठकुरी, भीष्म उप्रेती तथा पर्यटन व्यवसायी दीपक महत र कर्ण शाक्य लगायतले   आ–आफ्नो बिचार राखेका थिए । कार्यक्रममा यात्राका पाइलाका लेखक राजेन्द्रमान डंगोलले पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै पुस्तक पढेर सुझाब दिन आग्रह गरेका थिय।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest