लमजुङको रईनास्कोटलाई उत्कृस्ट गाउ पुरस्कार

सनराईज सम्बाददाता

गाउ पर्यटन प्रबर्दन मंच नेपालले लमजुङको रईनास्कोट गाउलाई उत्कृस्ट गाउँ पुरस्कार प्रदान गरेको छ ।

गाउँ पर्यटन प्रबर्दन मंच नेपालको बार्षिक साधारण सभा तथा तेईसौ गाउँ पर्यटन दिबसको अबसरमा लमजुङको रईनास्कोट गाउलाई उत्कृस्ट गाउँ पुरस्कार प्रदान गरियको हो ।

गाउँ पर्यटन दिवस तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले आर्थिक सम्वृद्धिको आधार मानिएको पर्यटनको प्रतिफल दुर्गम ठाउसम्म पुर्याउने सशक्त माध्यम गाउँ पर्यटन भएको भन्दै गाउँ पर्यटनको विकास गर्न सबै लाग्नुपर्ने धारणाराख्नु भयो।.कार्यक्रममा गाउँ पर्यटन प्रबर्दन मंच नेपालका अधक्ष्य ध्रुब सिम्खडाले गाउँ पर्यटनको बिकासको लागि मंचले विभिन्न प्रबर्दनात्मक कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयो।मंचका उपाध्यक्ष दीपक दाहालले पर्यटकलाई नेपालका गाउ गाउ सम्म भ्रमण गराउन विभिन्न गाउँहरुको प्रचारप्रसार एबम प्रबर्दन कार्यमा गाउँ पर्यटन प्रबर्दन मंच लागिपरेको बताउनुभयो।

डा.सुरेन्द्रभक्त प्रधानाङ्गको नाममा पुरस्कार स्थापना    

गाउँ पर्यटनका जन्मदाता डा. सुरेन्द्रभक्त प्रधानाङ्गको नामबाट उत्कृस्ट गाउँ पर्यटन पुरस्कार स्थापना भयको छ ।गाउँ पर्यटन प्रबर्दन मंचको बार्षिक साधारण सभा तथा तेईसौ गाउँ पर्यटन दिबसको अबसरमा प्रधानाङ्गका धर्मपत्नी तारा  कायस्थले  एक लाख पचास हजारको चेक गाउँ पर्यटन प्रबर्दन मंचलाई अक्षय कोष स्थापनाका लागि हस्तान्तरण गर्नु भयको छ ।उक्त अक्षय कोषबाट बार्षिक रुपमा एक उत्कृस्ट गाउँलाई नगद पुरस्कार सहित सम्मान गरिनी मंचले जनाएको छ ।यसै वर्षबाट उक्त पुरस्कार प्रदान गरियको र लमजुङको रईनास्कोट गाउँ पुरस्कृत भयको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest