पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्यका लागि १० बूदें घोषणा पत्र जारि

नेपालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवासयि नेपाली संघबीच समन्वयको खाँचो समेत औल्याए ।

 नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार आयोजित नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य बिषयक कार्यशालामा बोल्दै उनहिरुले सो धारणा राखेका हुन ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उड्ड्यन मन्त्रि सुदन किरातीले पूर्व राजदूतहरुको सुझावलाई एकिकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताउनु भयो । उहाँले नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिन समेत आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले ससोधन पछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने अपेक्षा गरिएको बताउनु भयो ।

कार्यक्रममा पूर्व राजदूतहरु डा. सुरेशचन्द्र चालिसे, मोहन कृष्ण श्रेष्ठ, मधुरमण आचार्य,लक्की  शेर्पा, डा. अन्जन शाक्य, रमेश कोईराला, पद्युम्न विक्रम शाह, युवनाथ लुईटेल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपुर्ण क्षेत्र भएको उल्लेख गर्दै देश अनुसार बजारीकरण रणनीति तय गर्न मनत्रालय र बोर्डलाई सुझाव दिनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनका लागी विभिन्न देशमा रहेर काम गर्दाका अवसर ,चुनौती र समन्वयमा भएको कमिलाई समेटेर समग्र  नेपालको पर्यटन प्रवद्र्नमा अगाडी बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको  एनआरएनए, नेपाल पर्यटन  प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिनुभयो । यस्तै कार्यक्रम पश्चात नेपालको पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्यका लागि १० बूदें घोषणा पत्र समेत जारी गरिएको युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजक  दीपेश शाक्यले जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest