टान र माछापुच्छ्रे बैंक बीच ११ बुँदे सम्झौता

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंक बिच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ । टानमा आयोजित कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले ११ बुँदे सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसंग समझदारी गरियको टानले जनायको छ ।

सम्झौता अनुसार टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक रु १५००० देखि  अधिकतम रु १८०००० सम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने छ । बैंकले उक्त रकम आंशिकरुपमा रु ९०००० गरी दुई वटा चरणमा प्रत्यक अर्ध वार्षिक समयावधिमा प्रदान गर्नेछ ।साथै ट्रेकिंग गाइडले ५ प्रतिशतका दरले एक बर्षमा किस्ताबन्दीमा रकम भुक्तानी गर्नु पर्ने छ ।

ट्रेकिंग गाइडले उक्त  सुविधा लिनका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनु पर्ने छ ।सुबिधा लिन चाहने ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ भने  सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्ने छ । ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बक्यौता तिर्ने दायित्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीको हुनेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, महासचिव सरिता लामा, , कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest