पर्बतिय खेलकुद महासंघले गर्यो नीति तथा कार्यक्रमको स्वागत

सम्माननीय राष्ट्रपतिज्यूद्वारा हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा“उच्च पर्वतीय खेलकुद तालिम केन्द« स्थापना गर्ने कार्य अघि बढाईनेछ,  निजि क्षेत्रबाट गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ” भन्ने घोषणा प्रति पर्बतिय खेलकुद महासंघले स्वागत गरेको छ ।

महासंघले एक प्रेस बिज्ञप्ति जारि गर्दै  सोहि अनुसारको बजेट र विस्तृत योजनाको लागि नेपाल सरकार संग माग गरेको छ । 

महासंघका अध्यक्ष गोबिन्द भट्टराईद्वारा जारी गरियको बिज्ञप्तिमा भनियको छ ,नेपालको भूगोल, हावापानी, वातावरण र वस्तुस्थिति सुहाउदो, शाहसिक पर्यटनको पर्याय बन्न सक्ने तथा विश्वमै नेपालको खेल पहिचान बन्न सक्ने ‘माउन्टेन स्पोर्ट्स गेम’ को लागि समेत सो घोषणा कोशेढुंगा बन्न सक्छ ।‘नेचर, एडभेन्चर र कल्चर’मा आधारित त्यस्ता खेल इभेन्टले नेपालको सस्टेनेबल स्पोर्ट्स समेत ठूलो आधार बन्ने विश्वास यस महसंघको छ।  त्यस्तै, निजि क्षेत्रको खेलकुदमा रहेको लगानी र संलग्नतालाई पहिलो पटक सम्बोधन गरिएको छ । जसबाट नेपाली खेलकुदको मेरुदण्ड निजि क्षेत्रमा उत्साह थपिनेछ ।  त्यसमा सोहि मुताबिकका प्रसासनिक, आर्थिक र संरचनात्मक सुधार हुन भने जरुरि छ।

त्यस्तै “निरोगी नेपाल निर्माण”, “सम्वृद्धिको लागि वन”,  “नेपालको पानी जनताको लगानी” जस्ता अभियानले सकारात्मक संकेत गरेको देखिन्छ। तर नेपालको पहिचान बनेको पर्वतीय पर्यटन, इको टुरिजम र जल पर्यटनमा भने नीति, कार्यक्रम अमुर्त देखिन्छ जसलाई आगामी बजेटले प्रष्ट पार्न समेत हामी अनरोध गर्दछौँ।

कार्यक्रमको लागि नेपाल सरकारलाइ हार्दिक धन्यवाद दिदैं नीति तथा कार्यक्रम अनुसारको बजेट, संगठनिक संरचना र समन्वय तर्फ  यूवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गरायको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest