एक्सेलट्रिपको ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्बजनिक

काठमाडौं । अनलाईन बुकिंग प्रणाली एक्सेलट्रिपले पोखराको अन्तरिक पर्यटन प्रबर्दन गर्न ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना ल्याएको छ । पोखराको २७ ओटा होटलको सहभागिता रहेको उक्त योजना मार्च १५ देखि अप्रिल १५ सम्म संचालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन बजार कोरोना भाईरसले थलिएको बेला एक्सेलट्रिपले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त योजना संचालनमा ल्याएको हो । आन्तरिक पर्यटकलाई बढवा दिन १ महिने योजना संचालनमा ल्याएको एक्सेलट्रिपका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले जानकारी दिएका छन । पोखरा, चितवनलगायत देशका बिभिन्न पर्यटकिय क्षेत्रमा बिदेशी पर्यटकको संख्यामा कमि आयको र होटलहरु बन्द हुने अबस्थामा पुगेका बेला एक्सेलट्रिपले ल्याएको योजनाबाट  आन्तरिक पर्यटकमार्फत भए पनि होटल ब्यवसायमा केहि राहत पुग्ने विश्वास गरियको छ ।

 उक्त योजनामा पर्यटकले पोखराका २७ ओटा होटलमा तिन रात बुक गर्दा एक रात निःशुल्क र दुई रात बुक गर्दा एक रात निशुल्क बस्न पाउने छन ।साथै उक्त योजना अन्तर्गत ग्राहकले विहानको खाजा निःशुल्क प्राप्त गर्नेछन ।  एक्सेलट्रिपसँग सहकार्य गर्दै आएको इसेवामार्फत होटलको रुम बुक गर्दा ५ सय रुपैयाँको कोड भौचर प्राप्त गर्न सक्ने इसेवाले जानकारी दिएको छ । अभियानको हवाई पाटर्नरको रुपमा रहेको यति एयरलाईन्सले हप्तामा दुई जनालाई लक्कि ड्र मार्फत एक तर्फि निःशुल्क टिकट उपलब्ध गराउने छ ।

 योजना अवधिभरमा पोखरामा २ हजार जना पर्यटक लैजाने योजना रहेको एक्सेलट्रिपका राष्ट्रिय निर्देशक आदित्य बरालले जानकारी गरायका छन् । उनका अनुसार पोखराको केही होटलहरुले उक्त एक महिनाको अवधिमा आफनो सेवा सुविधामा ५० प्रतिशतसम्म छुट दिने छन् । कोरोना भाईरसको प्रकोप र महामारी ६ महिना भन्दा बढी समयसम्म लम्बियको खण्डमा एक्सेलट्रिपले अन्य पर्यटकीय गन्तब्यहरुमा समेत उक्त योजना विस्तार गर्ने जनायको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest