अब सगरमाथाको उचाई ८८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गरेको हो ।

नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरेका छन्  । उचाइ मापन नेपाल र चीनले छुट्टाछुट्टै गरेका  थिय । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको थियो ।

 १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । सन् १९५४ मा सर्वे अफ इन्डियाले नापेको यस अघिको उचाइ ८८४८ मिटर हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियो । सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

You May Also Like

Pin It on Pinterest