हिमालय उद्दार संघमा नया कार्यसमिति ,अध्यक्षमा हरि धरेल

स .सम्बाददाता

हिमाली क्षेत्रमा स्वास्थ्य जस्तो संबेदनशील बिषयमा कार्यरत हिमालय उद्दार संघमा नया कार्यसमिति चयन भयको छ ।हालै सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा हरि धरेल र बसन्त हमाल प्रतिस्पर्धामा उत्रियका थिय।

निर्बाचनबाट हरि धरेल अध्यक्ष पदमा निर्बाचित भयका छन् ।उपाध्यक्ष लगायत अन्य पदमा भने  निर्बिरोध चयन भयको छ ।उपाध्यक्षमा कुमार रानाभाट ,महासचिबमा श्रीराम खत्री ,कोषाध्यक्षमा सुसिल अधिकारी र सदस्यहरुमा बिक्रम न्यौपाने ,डी बि कोइराला ,डम्बर पराजुली ,परशुराम कार्की र पृथ्बी श्रेष्ठ निर्बिरोध निर्बाचित भयका छन् । तेसै गरि सस्थागत सदस्यमा हाईलेण्डर ट्रेकिंगका गोबिन्द घिमीरे र थामसेर्कु ट्रेकिंगका यादब अधिकारी निर्बिरोध निर्बाचित भयका छन् ।उनीहरुलाई निर्बाचन अधिकृत लेखराज गौतमले निर्बाचित भयको प्रमाणपत्र प्रदान गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest