स्वास्थ्यको लागि हाइकिंग कार्यक्रम सम्पन्न

स.सम्बाददाता

समाज सेवामा समर्पित लायन्स क्लबको बिस्व ब्यापी नारालाई सार्थक बनाउन सक्रिय लायन्स क्लब इन्टरनेसनल ३२५ एफ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीले लायन्स क्लबको नेपालको इतिहासमा पहिलो पटक बाताबरण सचेतना सहितको एक दिने हाइकिंग कार्यक्रम सम्पन्न गरेको छ

।काठमाडौँ इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (KEEP) को समेत सहभागितामा साउन २० गते बिहान सुन्दरीजलबाट हाइकिंग सुरु गरि बाटोमा रहेका नकुहिने फोहोर प्लास्टिक लगायतका फोहोर टिप्दै सहभागीहरुले फोहोर ब्यबस्थापन गरेका थिए । शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज भित्रको मनोरम द्रिस्याबलोकन नियाल्दै र बाताबरण संरक्षणप्रति लायन्सहरुले गर्दै आयका योगदान र आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा काठमाडौँ चाबहिल सिटी लायन्स क्लबका अध्यक्ष लायन  जिम्बा जाङ्बु शेर्पाले चर्चा गर्नु भयको थियो । जलबायु परिबर्तनको असरले बिस्व ब्यापी रुपमा तापक्रम बढिरहेको र मानब जिबनमा नकारात्मक असर परिरहेको प्रति ध्यान दिदै  बाताबरण संरक्षणमा सबै व्यक्तिले आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउनु पर्ने भन्दै क्लबले बाताबरण संरक्षण निम्ति वृक्षारोपण लगायत जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

बताबरणीय सचेतना मुलक हाइकिंग कार्यक्रमलाई अझै ब्यबस्थित र सहभागिता मुलक ढंग बाट निरन्तरता दिईने हाइकिंगका संयोजक लायन सुरेन्द्र अधिकारीले बताउनुभयो । उक्त हाइकिंग कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका लायन्स सदस्यहरु लगायत अन्य सदस्यहरु गरि २४ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।सुन्दरीजलबाट सुरु भयको हाइकिंग जंगल भित्रको प्राकृतिक मनोरम बाताबरण छिचोल्दै शिवपुरीको तारेभिरमा गइ समापन भयको थियो ।

हाइकिंगका सहभागीहरुले साउन महिना निकुन्ज भित्रको हरियाली बाताबरण,खोलानाला,झरना र चराहरुको चिरबिर आवाज ले हाइकिंग रमाइलो भयको बताए ।     

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest