राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा मदन आचार्य

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नया कार्यसमिति चयन भयको छ |
काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले मदन आचार्यको नेतृत्वमा ५१ सदस्य सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा घनेन्द्र श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरुमा सिएन पाण्डे, सूर्य भुजेल, कृष्ण अर्याल, कृष्णहरी खत्री , टिकाराम गुरुङ , सिताराम सापकोटा र राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् । त्यस्तै, नयाँ कार्यसमितिको महासचिवमा पूर्ण कुँवर, उपमहासचिवमा पूर्णचन्द्र भुषाल र कृष्णराज भट्टराई र सचिवहरुमा कुमार थापा, यमबहादुर खड्का, विरेन्द्रबहादुर अधिकारी, शिव लामिछाने, मदन भण्डारी, नारदकुमार लुइटेल, लक्ष्मण लम्साल र ङावाङिमा शेर्पा रहेका छन् ।
कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई चयन गरिएको छ । प्रथम बैठकले माधव नेपाल, भुवन पाण्डे, ठाकुर पाण्डे, पशुपति शर्मा, सुमन नेपाल, वाङ्छु शेर्पा, टोम सोपकोटा र जया बराललाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेन दुई दिन चलेको थियो ।
नब निर्बाचित कार्यसमितिलाई नेकपा एमाले पर्यटन विभाग इन्चार्ज सुर्य थापाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नयाँ कार्यसमिति गठनमा एकलौटी गरेको भन्दै आठ पदाधिकारीले सामुहिक राजिनामा सहित विद्रोह गर्ने घोषणा गरेका छन । राजिनामा दिने पदाधिकारीहरुमा उपाध्यक्ष द्वय सिताराम सापकोटा र राजेन्द्रप्रसाद सापकोटा, उपमहासचिव पूर्णचन्द्र भुषाल, सचिव त्रय कुमार थापा, ध्रुव सिंखडा र विरेन्द्र अधिकारी, केन्द्रीय सदस्य बच्चुनारायण श्रेष्ठलगायतका रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest