बिबिध कार्यक्रमका साथ बिश्व पर्यटन दिबस मनाइयो

काठमाडौं । सेप्टेम्बर २७ लाई बिश्व पर्यटन दिबसका रुपमा मनाउदै आएको ४० वर्ष पुगेकोछ। ४० औँ विश्व पर्यटन दिवस ‘टुरिज्म एन्ड जव्स, अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ बिबिध कार्यक्रमका साथ मनाइयको छ। दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आव्हानमा पर्यटन संग सम्बद संघ संस्थाहरुको सहभागीतामा काठमाडौँको ठमेल त्रिदेबिमार्ग बाट झाँकी सहित नगरपरिक्रमा गरियको थियो ।

गणतन्त्र स्मारकमा आयोजित कार्यक्रममा हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज, बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ । होटल क्षेत्रमा सोल्टी होटेल लिमिटेड र निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने द बेकरी क्याफे प्रालि ,ट्रेकिङ कम्पनि मध्यबाट सेभेन समिट ट्रेकिंगलाई सम्मान गरेको हो । 

सामाजिक उत्तरदायित्व तर्फ फिस्टेल लज पोखरा ,निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्ने  बुद्ध एयरलाई सम्मान गरिएको छ दोलखाको कालिञ्चोकमा सञ्चालित कालिञ्चोक केवलकारले ‘बेष्ट टुरिजम डेस्टिनेशन अवार्ड’ प्राप्त गरेको छ मुलुककै तेस्रो केवलकारको रुपमा गत बर्षबाट सञ्चालनमा आएको कालिञ्चोक केवलकारबाट कालिञ्चोक भगवती मन्दिरसम्म जान सकिन्छ । धार्मिक एवंम प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने कालिञ्चोकमा बार्षिक रुपमा हजारौ पर्यटकहरु त्यहाँ जाने गरेका छन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले सम्मान गर्नु भयको हो

 भिटोफ नेपालका उपाध्यक्ष दिपक दाहालले देशभरबाट तीनवटा गाउँलाई नमूना पर्वटकीय गाउँ घोषणा गर्नुभएको थियो। धादिङको रुबीभ्याली गाउँपालिका ४ चालिस गाउँ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा, बागलुङको काठेखोला गाउँपालिका ४, फापर खेत झुलेनी गाउँ नयाँ गाउँ गन्तव्यको रुपमा छनौट भएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest