स.सम्बाददाता –
सबैभन्दा कान्छो उमेरमा विश्वको सर्वोच्च शिखर गरमाथाको सफल आरोहण गरि बिश्व किर्तिमान कायम गर्न सफल कान्छो आरोही शम्भु तामाङको आज स्वयम्भुमा राष्ट्रिय सम्मानका साथ बौद्द परम्परा अनुसार अन्त्यस्टी गरियको छ ।स्व.तामाङ्को पार्थिब शरीरमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिबन राम श्रेष्ठले राष्ट्रिय झन्डा ओडाएर राष्ट्रिय सम्मान दिनु भयको थियो ।साथै नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले नेपाल पर्वतारोहण संघको झन्डा ओडाउनु भयको थियो र कार्यसमितिका पदाधिकारी सदस्य र पर्यटन संग सम्बन्धित संघ संस्थाका अध्यक्ष तथा पर्यटन ब्यबसायी,आरोहीहरुले अन्तिम श्रद्दान्जली अर्पण गरेका थिय ।साथै नेपाल प्रहरीको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । स्व.सम्भु तामाङ् नेपाल पर्वतारोहण संघका संस्थापक सदस्य हुन् ।

बिगत २ महिना देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सम्भु तामाङ्को असार २३ गते बिहान मृत्यु भएको थियो ।सन् १९५५ मा सिन्धुपाल्चोक रिस्याङ्खुमा जन्मियका सम्भु तामाङ् १७ वर्ष ६ महिनाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान राखेर नेपाललाई विश्वभर चिनाएका थिए । उहाँले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गरेका थिए ।
सिन्धुपाल्चोक रिस्याङ्खु मूल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।