काभ्रे चौरिदेउरालीमा अबस्थित बिर्तादेउरालीमा निर्मित बुद्धमुर्ति अनावरण

काभ्रे कोशीपारी बिर्तादेउरालीमा निर्माण गरियको कोशिपारिकै अग्लो बुद्धमुर्तिको अनावरण गरियको छ । एक्काइस फिट अग्लो उक्त  मूर्तिको ३ नं प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले हालै एक कार्यक्रमबीच अनावरण गरेका हुन् । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो ।

नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष–२०२०’का लागि उक्त स्थल पर्यटकको आकर्षण बन्ने  एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास हुने विश्वास गरियको मन्त्रि नेपालले बताय । कार्यक्रममा चौरि देउरालीलाई पर्यटन गन्तब्यको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीननाथ गौतमले बुद्धमूर्ति गाउँपालिकाको पर्यटकीय आकर्षणको केन्द्र बन्ने र पालिकाले पर्यटन बिकासका लागि गुरुयोजना बनाउन लागेको बताय । “यसले भ्रमण वर्षलाई थप ऊर्जा प्रदान गर्नेछ, हामी मूर्ति भएको स्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेछौ , उनले भने । वडाध्यक्ष धनबहादुर लामाले बिर्ता देउराली चौरिदेउरालीको प्रबेषद्वार भयको र बुद्धमूर्तिले पर्यटन बिकासमा टेवा पुग्ने बताय ।

 कार्यक्रममा काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य नविना लामा, ३ नं प्रदेशसभा सदस्य रत्न ढकाल, पूर्वराज्यमन्त्री सूर्यमान दोङ ,रेनुका चौलागाईं ,कमला दोङ्ग ,इन्द्र तामाङ ,र तेसै क्षेत्रका नेता लेखराज गौतम बाबुकृष्ण पन्त लगायतले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बुद्धमुर्ति , स्थानीय कलासंस्कृतिले ठूलो सहयोग गर्ने धारणा राखेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest