कामिरिता संगै १२ जनाले चढे सगरमाथा

स.सम्बाददाता

सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काममा खटियका कामिरिता शेर्पा सहितको १२ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।  शुक्रबार साँझ ६ बजे ८ हजार ८४८.८६ मिटरको सगरमाथा हिमालको सफल आरोहण गरेसँगै कामिरिताले २५ औ पटक सगरमाथा आरोहण गरि आफैंले राखेको रेकर्ड तोडी नया रेकर्ड कायम गरेका हुन् । यसअघि उनले २०७६ मा २४ औं पटक आरोहण गरी विश्वकीर्तिमान राखेका थिए ।

 यस सिजनको पहिलो आरोहण संगै अब आरोहणका लागि बाटो खुलेको छ । कामिरितासँगै तेन्जिङ शेर्पा,मिङमा तेन्जिङ शेर्पा, मिङमा दोर्ची शेर्पा,फुरतेन्जी शेर्पा,लाक्पा नोर्बु शेर्पा, निमा तासी शेर्पा ,फुरा छिरिङ शेर्पा,फुर्वा छोतार शेर्पा,चेतन दोर्जे शेर्पा,तेन्जिङ ग्याल्जे`न शेर्पा र फुर्वा कुन्साङ शेर्पाले सगरमाथाको सपल आरोहण गरेका हुन् ।  

सगरमाथा आरोहणका लागि एक्स्पिड़ीसन् अपरेट्रस एसोसिएसनले डोरी टाँग्ने कार्य गर्दै आयको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest