स.सम्बाददाता –
प्रधानमन्त्री शेर बहादुर देउवाले हालै राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार बाट ४३ जना व्यक्तिलाई पुरस्कृत गर्नु भयको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बार्षिक रुपमा प्रदान गर्दै आयको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार एस बर्ष साहित्य,संगीत नाट्य,संस्कृति र ललितकला विधाका प्रतिभाहरुको छनोट गरि प्रदान गरियको हो ।
राष्ट्रिय प्रतिभा पुरस्कार बाट सोमराज अभय (कट्टेल),हरिवंश आचार्य,डा.रमेश कुमार ढुंगेल र हेम पौडेललाई नगद एक लाख राशी सहित ताम्रपत्र बाट सम्मान गरियको छ । प्रादेशिक पुरस्कार बाट डा.हरिप्रसाद सिलवाल (बागमती प्रदेश),डा.बालकृष्ण अधिकारी (गण्डकी प्रदेश) गरि २८ जना व्यक्तिलाई नगद ५० हजार सहित ताम्रपत्र बाट सम्मान गरियको छ ।
सुदुर पश्चिम प्रदेश बाट भाषा एबम साहित्य विधा तर्फबाट साहित्यकार गणेशराज जोशी ५० हजार नगद सहित ताम्रपत्र बाट सम्मानित हुनु भयको छ । प्र.डा.त्रि रत्न मानन्धरलाई यसै बर्ष बाट प्रदान गर्न सुरुवात गरियको इतिहास शिरोमणि बबुराम आचार्य पुरस्कार प्रदान गरियको छ । उक्त पुरस्कारको राशी २ लाख रहेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मानित व्यक्तित्वलाई बधाई दिनु हुदै प्रतिभाबान व्यक्ति रास्ट्रका गौरब हुन् भन्दै राष्ट्रले सम्मान गर्दै आयको बताउनु भयो । सम्मान कार्यक्रमका सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि जिबनराम श्रेष्ठले धन्यवाद सहितको मन्तब्य राख्नु भयको थियो ।कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब महेश्वर न्यौपानेले स्वागत मन्तब्य राख्नु हुदै प्रतिभाबान व्यक्तिलाई सम्मान गर्नु राज्यको कर्तब्य भयको बताउनु भयो ।