पर्यटन बोर्डले सातै प्रदेशमा ट्राभल मार्ट गर्ने

स.सम्बाददाता

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग नेपाल पर्यटन बोर्डले छलफल गरेको छ । साथै बोर्डले यो बीचमा आफुले गरेका कामहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा  कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन् । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नगर्न सरकारसँग आग्रह समेत गरेका छन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकाररुी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताए ।

  कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनको बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । उहाँले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताउनु भयो । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिनुभयो । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनि लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने हेतु सातै प्रदेशमा ट्राभल मार्टको आयोजना गर्न लागियको बताय । तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था,निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाधार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्न तथा जिविकोपार्जन पुन:उत्थान लागि दीगो पर्यटन परियोजना (एसटिएलआरपी) का राष्ट्रिय कार्यक्रम प्रवन्धक ज्ञानेश्वर महतोले परियोजनाका बारेमा आफ्नो प्रस्तुतीकरण दिनु भएको थियो ।

 कार्यक्रममा पर्यटनसंग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा),टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा),प्यासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधी सहभागीरहनु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest