पर्यटनमन्त्रीबाट एक बर्षे कार्ययोजना सार्बजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्नी देखि ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिने लगायत निजगड विमानस्थलको सिलान्यास गर्नी जस्ता  केही महत्वाकांक्षी योजनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न  मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा  मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना संगै अन्य विमानस्थलको सुधार र  रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने बताएका छन्।  त्रिभुवन विमानस्थल क्षेत्रमा सरकारले तोकेको संवैधानिक निकायका सम्माननीयहरुलाई मात्रै गाडीसहित जहाजसम्म जान दिइने र जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्।

उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना लगायत मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुने गरी कार्यक्रम घोषणा गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest