हिमालयन उद्धार संघ नेपालको नयॉ कार्यसमितबाट पदभार ग्रहण

स.सम्बाददाता:

जेठ २१ गते सम्पन्न हिमालयन उद्धार संघ नेपालको कार्य समितिको निर्वाचनबाट निर्बाचित नयॉ कार्य समितिलाई पदभार हस्तान्तरण गरियको छ ।

निवर्तमान कार्य समितिबाट नयॉ कार्य समितिलाई कार्यभार हस्तान्तरण गर्न आयोजित कार्यक्रममा नव निर्वाचित कार्य समिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत कुमार प्रसाद घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभयो । साथै प्रमुख निर्वाचन अधिकृतले नव निर्वाचित अध्यक्ष श्री डम्बर पराजुलीलाई सपथ ग्रहण गराउनुभयो ।

त्यस्तै गरि नव निर्वाचित अध्यक्ष डम्बर पराजुलीले नव निर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरुलाई सपथ ग्रहण गराउनुभयो । समारोहमा नव निर्वाचित अध्यक्ष डम्बर पराजुलीले आफुलाई सर्बसम्मत निर्बाचित गराउनुभएकोमा धन्यवाद दिदै संघले गर्दै आएका नियमित कार्यहरुलाई निरन्तरता दिने र पर्यटन बिभाग लगायत अन्य सरोकारवाला निकायसंग सरसल्लाह गरि संस्थालाई सक्रिय रुपमा अगाडि बढाउने विचार व्यक्त गर्नुभयो ।

पूनःनिर्वाचित महासचिव श्रीराम खत्री तथा पूनःनिर्वाचित कोषाध्यक्ष सुशिल कृष्ण अधिकारीले आफ्नो कार्यभारलाई निरन्तरता दिनुभयो ।

समारोहमा निवर्तमान अध्यक्ष हरि प्रसाद धरेलले आफ्नो कार्यकालमा भयका महत्वपूर्ण कार्यको बारेमा जानकारी गराउदै कार्यकाल सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै संघको आर्थिक अवस्था पनि सुदृढ भएको विचार व्यक्त गर्नुभयो ।

साथै नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलले निवर्तमान कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई सम्मान पत्र वितरण गर्नुका साथै निवर्तमान कार्य समितिलाई धन्यवाद व्यक्त गर्नुको साथै नव निर्वाचित कार्य समितिलाई बधाइ दिनु भयो । साथै आगामी दिनमा पनि सरकारका तर्फबाट सहयोग रहने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष कुमार रानाभाटले धन्यवाद व्यक्त गर्नु भयो ।

१. श्री डम्बर पराजुली        अध्यक्ष

 २. श्री कुमार रानाभाट         उपाध्यक्ष्ँ

 ३. श्री श्रीराम खत्री           महासचिव

 ४. श्री सुशिल कृष्ण अधिकारी       कोषाध्यक्ष्ँ

 ५. श्री दावा स्टिेभेन शेर्पा      कार्य समिति सदस्य

 ६. श्री बिकास शाह रौनियार        कार्य समिति सदस्य

 ७. डा. प्रयुश न्यौपाने         कार्य समिति सदस्य

 ८. श्री तुल सिं गुरुङ          कार्य समिति सदस्य

 ९. डा. सुभाष दवाडी          कार्य समिति सदस्य

 १०. श्री वारिस धरेल          कार्य समिति सदस्य

 ११. श्री यादव अधिकारी       कार्य समिति सदस्य

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest