भब्य समारोहबीच रास्ट्रपतिबाट नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौं । काठमाडौँको दशरथ रङ्गशालामा जनवरी १ साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको उद्घाटन गर्नु भयको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै नेपाल बिश्वको आकर्षक पर्यटन गन्तब्य रहेको बताउनु भयो ।

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले सहयोगी भूमिका निभाउनुपर्ने बताउनु भयो।सगरमाथा लुम्बिनी चितवन मात्र नभयर अन्य थुप्रै आकर्षण स्थल रहेको र ति गन्तब्य स्थलहरुबीच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।देशलाई सम्बृद बनाउने उदेश्यका साथ भ्रमण बर्ष २०२० अभियान सुरुभयको बताउदै अभियान सफल बनाउनु सबैको कर्तब्य रहेको बताउनुभयो।

उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२० पर्यटनको प्रस्थान विन्दुभयको र आगामी एक दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताउनुभयो।नेपालमा स्थाई शान्ति कायम भयकाले देश समृदि तर्फ लागेको भन्दै विस्वका पर्यटकलाई नेपाल आउन आग्रह गर्नु भयो ।नेपाल पर्यटकका लागि सदाबहार घुम्न योग्य रहेको भन्दै पर्यटनको योगदानबाट आर्थिक समृदि प्राप्त हुने बताउनुभयो ।‘पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन त्यसैले हामीले २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजना बनायका छौँ मन्त्रि भट्टराईले भने ।

 शुभारम्भअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहेको थियो ।साथै सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र जातीय पोसाकसहितको  मार्चपास गरिएको थियो । उद्घाटन अबसरमा सेनाको हेलिकोप्टरबाट नेपाल भ्रमण बर्ष २०२० को ब्यानर प्रदर्शन गरियको थियो ।समारोहमा नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको साथै पर्यटन ब्यबसायीहरुको उल्लेखय उपस्थिति रहेको थियो  ।

जनवरी १ मा सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest