पर्बतारोहण पथ प्रदर्शकलाई स्नातक तहको प्रमाणपत्र प्रदान

चौधौ राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवसका अबसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदार बहादुर अधिकारीले ११ जना पर्बतारोहण पथ प्रदर्शकलाई स्नातक तहको मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्नु भयको छ । राष्ट्रिय शिप परिक्षण निर्धारण केन्द्रको परिक्षामा उतिर्ण पथ प्रदर्शकलाई पहिलो पटक अधिकृत स्तरको प्रमाणपत्र प्रदान गरियको सचिब अधिकारीले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय शिप परिक्षण निर्धारण केन्द्रका निर्देशक टेक बहादुर मल्लले केन्द्रको अधिकृत स्तरको परिक्षामा उतिर्ण पथ प्रदर्शकको जिम्मेवारी थापियको भन्दै आगामी दिनमा अन्य पथ प्रदर्शकले पनि प्राबिधिक तालिम लिनु पर्ने बताउनुभयो ।

सोहि अबसरमा नेपाल पर्बतारोहण संघ र राष्ट्रिय पर्बतारोहण पथ प्रदर्शक संघ बीच ५ बर्षका लागि एस्पिरान्ट र हिमाली पथ प्रदर्शक तालिम संचालन गर्ने सम्झौता भयको छ ।कार्यक्रममा एस्पिरान्ट र हिमाली पथ प्रदर्शक तालिममा उतिर्णलाई प्रमाणपत्र र पिन प्रदान गरियको थियो ।

कार्यक्रममा राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका महासचिब तुलसिंह गुरुङले चोयु हिमाल आरोहणका लागि नेपाल बाट बाटो खोल्न सरकारले सहयोग गरेमा संघ तयार रहेको बताय।साथै हिमाली पथ प्रदर्शकहरु हिमालमा डोरी टाँग्न र निकाल्न सक्षम रहेको भन्दै सरकारले पथ प्रदर्शकलाई उचित स्थान दिनुपर्ने धरान ब्यक्त गरे । संघका अध्य्क्ष आंगनोर्बु शेर्पाले पथ प्रदर्शकहरुको योग्यता निर्धारणले पथ प्रदर्शकहरुमा हौशला बढ्नुका साथै जिम्मेवारी थापियको बताय ।        

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest