मनाङ्गको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिबल हुने

नेपाल भ्रमण बर्षलाई मध्यनजर् गरि नेपाल पर्बतारोहण संघले मनाङ्गको हुम्देमा साहसिक खेल आइस क्लाइम्बिङ फेस्टिबलको आयोजना गर्ने भयको छ ।

 नेपाल पर्वतारोहण संघको आयोजना र नेपाल पर्यटन बोर्ड,नेपाल भ्रमण बर्षको सहयोगमा मनाङको हुम्देमा माघ १८ देखि २७ गतेसम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल आयोजना हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त लामाले  पत्रकार सम्मेलन मार्फत जानकारी गरायका छन् ।

आइस क्लाइम्बिङ फेस्टिबलको सहआयोजक नेपाल क्लाइम्बिङ टिमका महासचिव विष्णु तामाङले फेस्टीबलमा विभिन्न देशका साहसिक क्लाइम्बरहरुको सहभागीता जानकारी जानकारी दिए ।‘नेपाल भ्रमण वर्ष २०२० लाई साहसिक खेलले प्रवद्र्धन गर्ने लक्ष्यका साथ आइस क्लाइम्बिङ फेस्टिबलको आयोजना गर्न लागियको बताय।

यो फेस्टिबलमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक, नेपाल पर्वतारोहण प्रशिक्षक संघले प्राविधिक सहयोग गर्ने भएका छन् । फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रर्दशनी, स्थानीय जातजातिका संस्कृति प्रर्दशनी गरिने नेपाल पर्वतारोहण संघका महासचिब कुलबहादुर गुरुङले बताय ।

पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरे, नेपाल भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठ र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुको सहभागीता थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest