नाट्टा निर्बाचनमा पाण्डे र शर्मा समूह बीच प्रतिस्पर्धा हुने

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्बाचनमा सि.एन.पाण्डे र डी. के शर्मा समूह बीच प्रतिस्पर्धा हुनी भयको छ |

आगामी जनवरी १२ मा हुन लागेको निर्वाचनका लागी नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि.एन. पाण्डे नेतृत्वको संयुक्त प्यानल बनाएर मनोनयन दर्ता गरेका छन् | वर्तमान द्धितीय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरे नेतृत्वको अर्को प्यानलको पनि मनोनयन दर्ता सँगै पाण्डे र घिमिरे प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा रमेश पौड्याल, सुर्दशन नेपाल, इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा , देवकी गुरुङ र रोमी श्रेष्ठले उम्मेद्धारी दिएकी छिन ।

दिपेन्द्र कुमार शर्मा घिमिरेको प्यानलबाट भने प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, दितिय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारि दियका छन् | सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्कीको मनोनयन दर्ता भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest