पाटा नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारण सभाले के.जी एच गुप अफ होटल एण्ड रिर्सोटका अध्यक्ष सुनिल शााक्यको अध्यक्षतमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नव निर्वाचित अध्यक्ष सुनिल शाक्यले नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरु संग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

नव निर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुमन पाण्डे, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष जनकराज कालाखेती (नेपाल वायुसेवा निगम) महासचिव विभूति चन्द« ठाकुर (हिमालयन होलिडेज ट्रेकिङ्ग) र कोषाध्यक्ष शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) रहेका छन ।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः रविन्द« क्षेष्ठ (नेपाल वायुसेवा निगम), कृष्ण लम्साल (पर्यटन विभाग) , सुभाष झा (नागरिक उड्यन प्राधिकरण) र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः सन्जय भक्त माथेमा (एस.डी.यु ट्राभल), विनय शाक्य (त्रिपिटक होलिडेज) अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स) खेम लकाई (गेट कलेज) टिका राम सापकोटा (नेपाल भ्याकेसन) टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स) र अभिषेक विक्रम शााह (चन्दगिरी हिल्स) रहेका छन । पाटा नेपालले ७ सदस्यीय बैकल्पिक समिति तथा ११ सदस्यीय यूथफोरम समेत चयन गरेको छ ।
संघको ४१ औ साधारण सभाले नेपालमा २०३० साल सम्म ५० लाख पर्यटक भि¥याउने उद्देश्यले “भिजन फाइभ मिलियन” प्रस्ताव स्विकृत गरेको छ । पाटा नेपाल च्याप्टरले आगामि दिनहरुमा सोलक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवाला व्यक्ति, संघसंस्था तथा महत्वपूर्ण निकायहरुसंग आवश्यक वार्ता, समन्वय र सहकार्य गरी आवश्यक पूर्वाधार निर्माण, नितीगत सुधार, प्रचारप्रसार, सेवा अभिवृद्धि, जनशक्ति निमार्ण लगायत हरेक किसिमका आवश्यक कार्यहरुका लागि उत्प्रेरक तथा सहयोगीका रुपमा पहल गर्नेछ ।
कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियानता श्री कर्ण शाक्य लाई वहाँले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पू¥याएको अतुलनीय योगदान तथा वहाँको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गदै “पाटा पर्सनालिटी अफ द ईयर २०१७” अवार्डद्धारा सम्मानित गरियो । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्या¥टरहरु मध्ये नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१७” पुरस्कार समेत प्रदान गरेको छ ।
निर्वतमान अध्यक्ष श्री सुमन पाण्डेले आफ्नो ५ बर्षे कार्यकालमा सहयोग पु¥याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालमा हिमालयन ट्राभल मार्ट तथा इन्टरनेशनल ट्राभल वल्गर्स एण्ड मिडिया कन्फेरेन्स सम्पन्न गर्नु पर्यटन प्रर्वधनका लागि महत्वपूर्ण कार्य भएको बताउनु भयो ।
पाटा नेपालका प्रथम उपाध्यक्ष तथा नेपाल पर्यटन बोर्डको सिईयो श्री दिपकराज जोशीले पर्यटन क्षेत्रको सम्भृद्धि र विकासका लागि आधारभुत आवश्यक कार्यहरुलाई औल्याउदै नेपाल पर्यटन बोर्ड निजी क्षेत्र संग सहकार्य र समन्वय गरी सम्भावित नयाँ गन्तव्यहरुको विकास तथा पर्यटन प्रवधर्न र विकासका लागि हरेक किसिमका कार्यहरु गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा आमन्त्रित कार्यक्रममा आमन्त्रित प्रमुख वक्ता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा ले “भिजन फाईभ मिलियन” एक चुनौतिपूर्ण लक्ष्य भएता पनि देशमा स्थायी सरकार स्थापनामा सरकार तथा निजि क्षेत्रको सक्रिय समन्वय र सहकार्यले सम्भव रहेको बताउनुभयो । वहाँले नेपालमा गुणस्तरीय र संख्यात्मक दुवै तवरले सन्तुलीत पर्यटकहरुको आगमनलाई प्राथमिकता दिनुपर्ने बताउदै सरकारले आवश्यक पुर्वाधारहरु निर्माण तथा सहज व्यावसाय संञ्चालन नीति निर्माण गरी हरेक किसिमको पर्यटन पर्वद्धन, विस्तार र विकासका लागि निजि क्षेत्रलाई प्राथमिकता प्रदान गर्नुका साथै निजि क्षेत्रको सक्रिय सहभागितालाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा संस्कृति पर्यटन तथा नागरीक उडड्यान मन्त्रालयका सचिव श्री महेश्वर न्यौपाने ज्यूले पाटा नेपाल च्याप्टरले स्थापना कालदेखि नै नेपाली पर्यटन क्षेत्रको पर्वद्धन र विकासमा खेलेको उल्लेखनिय भुमिकाको प्रशंसा गर्नुभयो । वहाँले “भिजन फाईभ मिलियन” समय सापेक्ष अति आवश्यक उद्देश्य भएको र सबैको सहकार्य र समन्वय संगै पूर्वाधार निर्माण, हवाई सेवा सम्झौता, सेवा गुणस्तर अभिवृद्धि र नितिगत सुधार जस्ता आवश्यक कार्यहरु संगठित र ब्यावहारिक रुपमा सम्पन्न गरेमा यो लक्ष्य सम्भव भएको बताउनुभयो र यस उद्देश्य प्राप्तीका लागि आवश्यक कार्यहरु गर्न पर्यटन मन्त्रालय सदैव तत्पर र सक्रिय रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest