टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)मा नया कार्यसमिति

टिबानको सातौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा बाबा एड्भान्चरका प्रल्हाद लोहनी सर्बसम्मत चयन भयका छन् । अध्यक्षका लागि तीन दाबेदार मध्ये ग्लोबल भ्याकेशनका प्रबन्ध निर्देशक ईश्वर शर्माले केही दिन अघि नै दाबेदारी फिर्ता लिएका थिए भने दीपज्योति एड्भान्चरका सञ्चालक टंक थापाले निर्वाचन हुनु केही समय अघि मात्र आफ्नो उम्मेद्वारी फिर्ता लिएपछी बाबा एड्भान्चरका प्रल्हाद लोहनी सर्बसम्मत चयन भयका हुन् ।

नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा महासचिब पदमा बराबर मत प्राप्त गरेपछि महासचिव पदका लागि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट कृष्ण आचार्य विजयी भएका थिया । उनका प्रतिद्वन्दी रेन्बो सफारीका प्रबन्ध निर्देशक सुशील दाहाल र आचार्यले ८र८ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो । आचार्यले १० मत ल्याएकोमा २ मत बदर भइ ८ मत सदर भएको थियो भने दाहालले ९ मत ल्याएकोमा १ मत बदर भइ ८ मत सदर भएको थियो ।

नयाँ कार्यसमितिका लागि अन्य पद भने निर्विरोध निर्वा्चित भएको थियो । जस्मा, प्रथम उपाध्यक्ष ढकनाथ काफ्ले, द्वितीय उपाध्यक्ष भिष्म न्यौपाने, कोषाध्यक्ष दीपेन्द्र अधिकारी र सदस्यहरुमा रुपेन्द्रराज श्रेष्ठ र विज्ञान भुजल रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest