डा. हर्क गुरुङको १३ औं स्मृति दिवस,गुरुङ्गको अभाब खड्कियो

काठमाडौं । वरिष्ठ योजनाविद, भूगोलविद तथा पर्वतीय पर्यटनका विशेषज्ञ स्वर्गीय डा. हर्क गुरुङको १३ औं स्मृति दिवस मनाइएको छ । नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), तमू ह्युल छोंझ धिं गुरुङ राष्ट्रिय परिषद, तमू बौध सेवा समिति लगायत आठ वटा संस्थाको संयुक्त आयोजनामा स्मृति दिवस मनाइएको हो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्ष्तामा सम्पन्न स्मृति दिवसका अवसरमा स्वर्गीय डाक्टर गुरुङको तस्विरमा माल्यापर्ण गरियको थियो।

स्व :हर्क गुरुङको तस्बिरमा माल्यापर्ण गरिदै

तमू बौद्ध सेवा समितिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद पार्वत गुरुङले डा. हर्क गुरुङको निधनले राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको भन्दै ‘उहाँको सपनलाई साकार बनाउन सबै जुट्नु पर्ने बताउनु भयो ।कुशल योजनाबिद तथा भूगोलविद डा. गुरुङको अभाब खड्किएको बताउनुभयो ।

सम्बोधन गर्दै गणेश गुरुङ

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले डा. हर्क गुरुङको व्यक्तित्वबारे प्रकाश पार्दै उहा बहुमुखी प्रतिभा भयको व्यक्ति हुनुहुन्थ्यो भन्नु भयो । डा. हर्क गुरुङ एक चित्रकार पनि हुनुहुन्थ्यो, उहाँले आफ्नै चित्र कोर्नुभएको र उहाँले हिमाल आरोहण ब्यबस्थापन र आफैले  हिमाल आरोहणको प्रयास वारे चर्चा गर्नुभयो ।नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले विभिन्न संघसंस्थाले स्वर्गीय डाक्टर हर्क गुरुङलाई सम्झिय पनि राज्यले बिर्सियको भन्दै , राज्यले डाक्टर गुरुङको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।

सम्बोधन गर्दै पार्बत गुरुङ

नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले संघले डाक्टर हर्कको स्मरण गर्दै उहाको सम्मानमा ‘डा. हर्क गुरुङ पुरस्कार’ स्थापना गरेको बताउनु भयो।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का महासचिव सरिता लामाले डाक्टर गुरुङको स्मरणमा टानले पचास हजार राशीको पुरस्कार स्थापना गरेको बताइन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest