नेपालको राष्ट्रिय धोजबाहक नेपाल एयरलाईन्सको समग्र सुधारका लागि गठित सुझाव समितिले निगमलाई सार्वजनिक–निजी साझेदारी कम्पनि बनाउन सुझाब दियको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले साउन २२ गते गठन गरेको पूर्वसचिव सुशील घिमिरेको कार्यदलले निगमलाई सार्वजनिक–निजी साझेदारी कम्पनि बनाउन सुझाव दिएको हो।
सुझाब प्रतिबेदनमा भनियको छ,जुन समयमा निगमको स्थापना भएको थियो त्यो समयको राजनीतिक, आर्थिक, सामाजिक तथा व्यावसायिक वातावरण अहिलेको भन्दा अत्यन्तै फरक खालको थियो । ६० वर्ष पुरानो संस्थानबारे त्यस समयका लागि बनाइएको संस्थागत र संगठनात्मक ढाँचा अहिलेको बढ्दो प्रतिस्पर्धात्मक, व्यावसायिक वातावरणमा उपयुक्त नभएको कार्यदलको ठहर छ।
कार्यदलले ३९ वटा देशका विभिन्न गन्तव्यमा उडान अनुभव बटुलिसकेको निगमलाई सुधार गर्न यसअघि गठन भएका विभिन्न कार्यदलका प्रतिवेदनहरू उधृत गर्दै निगमलाई कम्पनीका रूपमा परिणत र पुनःस्थापित गर्न सुझायको छ ।कार्यदलका संयोजक घिमिरेका अनुसार २२ वर्षयता निगमको सुधारका लागि ६ वटा उच्चस्तरीय अध्ययन कार्यदल गठन भइसकेको र सबै प्रतिवेदनहरूको निष्कर्ष निगमलाई प्रतिस्प्रधी बनाउन निजि साझेधारी कम्पनीको रुपमा विकास गर्नु पर्ने रहेको छ । उसले नयाँ कम्पनीको नाम नेपाल वायुसेवा कम्पनी लिमिटेड हुनुपर्ने सुझाव दियको छ।
कार्यदलले निगमलाई कम्पनीमा परिणत गर्दा भने नेपालको राष्ट्रिय ध्वजावाहकको गौरव र हैसियतलाई भने दीर्घकालसम्म ग्यारेन्टी गरिनुपर्ने, हाल वहन गरिरहेको सामाजिक उत्तरदायित्व र राष्ट्रिय ध्वजावाहकको हैसियतमा राज्यबाट प्राप्त अभिभावकत्व कायम रहनुपर्ने भनेको छ।
निगमको अवस्थालाई सुधार गर्न, सरकारले ०५८ सालदेखि नै विभिन्न प्रयासहरू गरेको तर विधिवत गठन भएका आयोग, समिति र कार्यदलहरूले दिएका सुझावहरू कार्यान्वयन नै नहुने गरेको उल्लेख प्रतिवेदनमा उल्लेख छ। ‘विभिन्न अध्ययन प्रतिवेदनहरूले औंल्याएका सुझावहरूको कार्यान्वयन नगन्य रूपमा मात्र भएको पाइन्छ,’ प्रतिवेदन भन्छ, ‘अध्ययन प्रतिवेदनले सुझाएका सुझावहरू निगमको संस्थागत र व्यवस्थापकीय सुधार र विकासका लागि कहिले सहायक सिद्ध हुन सकेको देखिएन। पर्यटन मन्त्री योगेश भट्टराईले प्रतिवेदन बुझेलगत्तै सञ्चारकर्मीहरूमाझ घिमिरेको प्रतिवेदनलाई नथन्क्याउने प्रतिबद्धता जनाएका छन् ।