काठमाडौँ चाबहिल सिटी लायन्स क्लब द्वारा खाद्यान्न सामाग्री वितरण

स.सम्बाददाता –

काठमाडौँ चाबहिल सिटी लायन्स क्लबले सफलता एच।आई।भी। शिक्षा सदन कीर्तिपुरका विद्यार्थीहरुका लागि खाद्यान्न सामाग्री वितरण गरेको छ । खाद्यान्न सामाग्रीहरु रिजन चियर पर्सन लायन महाविर रिसाल र क्लबका अध्यक्ष लायन राजकुमार गुरुङले हस्तातरण गर्नुभयो ।

सन् २०११ देखि सञ्चालन शिक्षा सदनमा हाल २२ जना विद्यार्थी रहेको सदनका संस्थापक अध्यक्ष राजकुमार पुनले बताउनु भयो । स्कुल सञ्चालन गर्न निकै कठिन भएको र सामुदायिक स्कुल बनाउन पहल भैरहेको बताउदै  सहयोगका लागि अनुरोध गर्नु भयो ।

शिक्षा सदन सञ्चालन गरी वालबालिकाको भविष्य बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएकोमा, अध्यक्ष पुनलाई धन्यबाद दिदै क्लबका अध्यक्ष गुरुङले भोलिका दिनमा पनि सहयोग गर्ने वताउनु भयो ।

यस्तै क्लबले हाम्रो बाल संरक्षण धरोहर नेपालमा रहेका ३० जना असाहय बालबालिकाहरुको लागि खाद्यान्न चामल, दाल, ग्यास, तरकारी आदि सामानहरु उपलव्ध गराएको छ ।

बालबालिकाहरुको लागि खाद्यान्न सामानहरु उपलब्ध गराईकोमा बाल संरक्षणका अध्यक्ष विनिता अर्यालले धन्यबाद व्यक्त गर्नु भयो ।

यस्तै क्लबले ब्राईट स्टार सोसाईटी (दृष्टि विहिनहरुको संस्था) आरुबारीलाई स्टेशनरी र ह्वील चियर क्लबका अध्यक्ष लायन राजकुमार गुरुङले हस्तातरण गर्नु भयो ।

तीन संस्थालाई करिव एक लाख पच्चिस हजार बरावरको खाद्यान्न सामान, स्टेशनरी र ह्वील चियर सहित हस्तातरण गराएको कार्यक्रमका संयोजक पूर्व अध्यक्ष लायन प्रद्युम्न जोशीले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष लायन राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन लायन महाविर रिसाल, जोन चेयर पर्सन लायन बिमल पौडेल, क्लवका सचिव लायन नित्या अर्येल, कोषाध्यक्ष लायन एकेन्द्रराज चालिसे, ब्राईट स्टार सोसाईटीका अध्यक्ष वासुदेव अधिकारीले मन्तव्य राख्नु भएको थियो ।

क्लवका पूर्व अध्यक्षहरु लायन रामप्रसाद डगोल, लायन सनत मानन्धर, सदस्यहरु लायन सुवर्ण डंगोल, लायन पुर्णकुमार मानन्धर , लायन देवी पन्त, लायन दुर्गा केसी, लायन सुरेन्द्रनाथ अधिकारी, लायन राजवहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest