काठमाडौं चाबहिल सिटी लायन्स क्लबद्वारा वृक्षारोपण

काठमाडौं चाबहिल सिटी लायन्स क्लब र खुम्बिला संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा नागार्जुन नगरपालिकाको वडा न.६ स्थित फुस्कु लुपांग,पन्चकन्या देबी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

 २०७८ श्रावण १६ गते शनिबारका दिन भएको उक्त वृक्षारोपण कार्यक्रममा काठमाडौं चाबहिल सिटी लायन्स क्लबका अध्यक्ष राज कुमार गुरुङ तथा खुम्बिला संरक्षण प्रतिष्ठानका अध्यक्ष जिम्बा जाङ्बु शेर्पा   लायन्स तथा लियो क्लब अफ काठमाडौं चाबाहिल सिटीका सदस्यहरुको सहभागिता रहेको थियो । मन्दिर परिसरमा ६० वटा विभिन्न जातजातिका फलफूलका बिरुवाहरु रोपिएको थियो ।

वृक्षारोपण पश्चात स्थानीय पन्चकन्या मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष प्रेम मानन्धरलाइ मन्दिर परिसर क्षेत्रमा वृक्षारोपण गर्न सहजीकरण गर्नु भयकोमा अध्यक्ष राज कुमार गुरुङले धन्यवाद दिदै वृक्षारोपण कार्यक्रममा सहयोग गर्नु हुने र सहभागिता जनाउनु हुने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

वृक्षारोपण कार्यक्रममा लायन सनत कुमार मानन्धर, एकेन्द्र चालिसे, राज बहादुर श्रेष्ठ, पूर्ण कुमार मानन्धर, बिजय बुर्लाकोटि,प्रदिप शर्मा ,देबी प्रसाद पन्त, लियो अभिषेक बुर्लाकोटि लगायतको सहभागिता रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest