नाट्टामा नया कार्यसमिति ,अध्यक्षमा अच्युत गुरागाईं निर्बाचित

ट्राभल तथा टुर ब्यबसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेंन्ट्स (नाट्टा )को ५३ औ बार्षिक साधारणसभा संगै भयको निर्बाचनबाट दुइ बर्षे कार्यकालका लागि नया कार्यसमिति चयन भयको छ ।

निर्बाचनबाट अध्यक्षमा १५० मत प्राप्त गरि सी एण्ड स्काई टुर्स एण्ड ट्राभल्सका अच्युत गुरागाईं निर्बाचित भयका छन् । उनका निकटस्थ प्रतिद्वन्दी भिम प्रसाद पन्तले १२६ मत प्राप्त गरेका छन् भने मिहिका शाहले १०९ मत प्राप्त गरिन । निर्बाचनबाट बरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत (१८३),उपाध्यक्षमा रमेश थापा (१५३), महासचिबमा सुधिर कुमार उपाध्याय (१५७),सचिबमा जिस्वा तुलाधर श्रेष्ठ (१७२),कोषाध्यक्षमा कुमार मणि थपलिया (१५४),सह कोषाध्यक्षमा युबिका भण्डारी (२१८) निर्बाचित भयका छन् ।

कार्यसमिति सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी ,गीता ढकाल (रेजु),सुबर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ , बिष्णु कार्की, डेन्डी शेर्पा,राजकुमार देवकोटा, भारत जंग पाण्डे निर्बाचित भयका छन् ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest