हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

स.सम्बाददाता — हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको प्रति सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल लागु नगर्न भनेको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले  सरकारको निर्णयविरुद्ध बिहीबार उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरायको थियो । नाट्टाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायत कारण देखाउँदै हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएको लगायत कारण देखाउँदै रिट दायर गरेको थियोअर्थमन्त्रीले बजेट व्यक्तव्य सार्वजनिक गरेदेखि नै भ्याट हटाउन माग गर्दै आएको नाट्टाले साउन ४ गते व्यवसायी र पूर्वअध्यक्ष परिषद्को बैठक गरी कानुनी उपचारमा जाने संस्थागत निर्णय गरेको थियो ।

सोहि रिट उपर आइतबार न्यायाधीश अनिलकुमार सिन्हाले अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest