हिमालय उद्दार संघमा नया कार्यसमितिबाट पदभार ग्रहण

स .सम्बाददाता

हिमालय उद्दार संघमा नब निर्बाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । हालै सम्पन्न निर्बाचनबाट निर्बाचित हनु भयका अध्यक्ष हरि प्रसाद धरेललाई निबर्तमान अध्यक्ष नरेन्द्रदेव भट्टले एक समारोहका बीच   पदभार हस्तान्तरण गरेका हुन् । हालै सम्पन्न निर्बाचनबाट उपाध्यक्षमा कुमार रानाभाट ,महासचिबमा श्रीराम खत्री ,कोषाध्यक्षमा सुसिल कृष्ण अधिकारी र सदस्यहरुमा बिक्रम न्यौपाने ,डी बि कोइराला ,डम्बर पराजुली ,परशुराम कार्की र पृथ्बी श्रेष्ठ निर्बिरोध निर्बाचित भयका थिय ।

तेसै गरि सस्थागत सदस्यमा हाईलेण्डर ट्रेकिंगका गोबिन्द घिमीरे र थामसेर्कु ट्रेकिंगका यादब अधिकारी निर्बिरोध निर्बाचित भयका थिय । सोहि समारोहमा प्रमुख निर्बाचन अधिकृत लेखराज गौतमले नब  निर्बाचित अध्यक्ष हरि प्रसाद  धरेललाई गोपनीयताको सपथ गराउनुका साथै निर्बाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्बाचित भयको प्रमाणपत्र प्रदान गरेका छन् । साथै नब निर्बाचित अध्यक्ष हरि धरेलले निर्बाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयको छ

समारोहमा निबर्तमान महासचिब पृथ्बी श्रेष्ठले नब निर्बाचित महासचिब श्रीराम खत्रीलाई संघको निर्णय पुस्तिका हस्तान्तरण गर्नु भयो । त्यस्तै निबर्तमान कोषाध्यक्ष श्रीराम खत्रीले नब निर्बाचित कोषाध्यक्ष सुशील कृष्ण अधिकारीलाई संघको चेक बुक एबम साचो हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष नरेन्द्र देव भट्टले आफ्नो ३ बर्षे कार्यकाल सफल रहेको बताउदै नब निर्बाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको सुभकामना दिनु भयो ।

नब निर्बाचित अध्यक्ष हरि प्रसाद धरेलले आफुलाई निर्बाचित गराउनु हुने सबैलाई धन्यवाद दिनु हुदै संघले संचालन गर्दै आयका कार्यलाई निरन्तरता दिनुका साथै नया कार्ययोजनाहरु अगाडी बढाउन पूर्व अध्यक्ष,सल्लाहकार तथा सुभचिन्तकहरुको सुझाब र सल्लाहबाट आगाडी बढ्ने बताउनु भयो । नेपाल सरकारका ४ वटा मन्त्रालयको प्रत्यक्ष उपस्थिति र सहयोगमा संचालित यस संस्थाले मनांग र फेरीचे लगायत अन्य क्षेत्रमा संचालित अस्थाई स्वास्थ्य शिबिरलाई निरन्तरता दिदै विस्तार गर्दै लगिने बताउनु भयो ।पर्यटन संग आबद्द संस्थाहरुसंग हातेमालो गर्दै पर्वतीय पर्यटनको प्रबर्दन र उद्दार कार्यमा सदा लागि पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्गले निबर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्य सफलताको प्रमाणपत्र प्रदान गर्दै नब निर्बाचित कार्यसमितिलाई कार्यसफलताको सुभकामना दिनु भयो । संघले सरकारले गर्नु पर्ने कतिपय काम गर्दै आयकोमा उच्च मूल्यांकन गरेको भन्दै आगामी दिनमा पनि सरकारका तर्फबाट सहयोग रहने कुरा ब्यक्त गर्नु भयो ।कार्यक्रमको अन्त्यमा नब निर्बाचित उपाध्यक्ष कुमार रानाभाटले धन्यवाद व्यक्त गर्नुभयो । 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest