सत्ता लम्ब्याउन नबिकरणको बहाना-नेपाल पर्वतारोहण संघ

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघको वर्तमान कार्यसमितिको कार्यावधि भदौमै सकी सकेको छ । आफ्नो कार्यकाल सकियको चार महिना बितिसक्दा पनि वर्तमान कार्यसमिति निर्बाचन गराउने सुरसारमा देखिदैन,उल्टै सदस्यता नबिकरणको बहाना बनायर सत्ता लम्ब्याउने खेलमा छ ।

पौष मसान्त भित्र सदस्यता नबिकरण गर्ने समय सिमा तोकियाको छ । तर वर्तमान कार्यसमितिले सदस्यता नबिकरंनको म्याद तिन महिना थपेर आफ्नो कार्यकाल आझै लम्ब्याउने योजना बनायको छ ।कोरोनाको बहाना बनायर सत्ता लम्ब्याउने खेलको सर्बत्र बिरोध हुदा पनि वर्तमान कार्यसमिति निर्बाचन गराउने तर्फ अग्रसर देखिदैन । सबै भन्दा बडी सदस्य भयको उध्योग बाणिज्य संघले कोरोनाको बीच निर्बाचन गराई नया कार्यसमिति चयन गरिसकेको छ,नेपाल पर्वतारोहण संघलाई निर्बाचन गराउन के ले रोक्यो सर्बत्र चासो बढेको छ

बिधानत कार्यसमितिको कार्यकाल तिन बर्ष रहेको छ ।एस कार्यसमितिको कार्यकाल भदौ महिनामै सकिई सकेको छ ।साधारण सदस्यहरुसंग कुरा गर्दा आफुलाई कार्यकाल लम्ब्याउन कुनै रहर नभयको र छिट्टै निर्बाचन हुन्छ भनेर अध्यक्ष लगायत जिम्मेवार पदाधिकारीले भन्ने गरेता पनि व्यवहारमा तेस्तो नदेखिएको साधारण सदस्यहरु बताउछन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest